लेखनाथ, ३ वैशाख । पोखरा महानगरपालिका वडा नं ३०ले आफनो वडा भित्र रहेका निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरुको क्षमता अभिबृद्धि हुने गरि उत्प्रेरणा तालिक प्रदान गरेको छ ।
नयाँ शौक्षीक सत्र सुरु हुनु पुर्व नै शिक्षकहरुलाई ब्यवहारीक र प्रयोगात्मक शिक्षा दिएर शिक्षाको क्षेत्रमा एकरुपता दिने उदेस्यले आयोजित आयोजना गरिएको दुई दिने तालिकामा समयानुकुलको शिक्षा प्रणालीका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जसले पढाउनु पर्छ उसले पढाउनु पर्छ भन्दै शिक्षकहरु हरेर दिन अफडेट हुदै विद्यार्थीलाई नयाँ कुरा दिन सक्नु पर्ने गरि अध्यनसिल हुन आग्रह गरेका थिए ।
पोखरा महानगर पालिका वडा ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समितिका सदस्य विश्वराज पौडेल र प्रशिक्षक भत्तराज रासाईलीले कार्यक्रमको उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
वैशाख ३ र ४ गते सम्म चल्ने तालिमा पोखरा वडा नं ३० भित्र रहेका चार वटा सामुदायिक,चार वटा निजी र चार वटा मण्टेश्वरीका दुई सय शिक्षक,विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रअ गरि करिव दुई सय ७० जनाको सहभागीता रहेको थियो ।
Discussion about this post