• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

आलु महोत्सवमा करिव ४ करोडको कारोवार

Ramsharan Nepali by Ramsharan Nepali
April 17, 2024
in कृषी, समाचार, स्थानीय
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter
पोखरा, ५ बैशाख। १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ ।
त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो ।
कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्दै नगर परिषद्ले महोत्सव व्यवस्थानका लागि रु.१० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।उनले आलु महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै हेमजावासी खटेर महोत्सव सफल पारेकोमा प्रशम्सा गरे।
महोत्सवकै अवसरमा क्लवको बहुउद्देश्यीय भवन शिलान्यास हुनु अर्को खुशीको कुरा हो भन्दै प्रवक्ता तिमिल्सीनाले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिनुपर्ने औँल्याए ।
विष्णुपादुका माविका प्रधानाध्यापक दिपकराज पौडेलले छोटो समयको तयारीमा सबैको सहयोगबाट महोत्सव सफल भएको जनाउर्दै हेमजाको उत्पादनको बजारीकरण व्यवस्थाका लागि महानगरको ध्यानाकर्षण गराए ।उनले हेमजाको जमिन तथा नहरको क्षयिकरण हुँदै जानु दुःखद् भएको सुनाउँदै त्यसतर्फ सरोकारवाला सबै सचेत बन्नुपर्ने स्पष्ट पारे ।
क्लवका पूर्व अध्यक्ष महेन्द्रसिंह थापाले आलु महोत्सव मार्फत कृषिलाई सम्मानित पेशाका रुपमा अगाडि सार्न खोजिएको धारणा राख्दै यसलाई आगामि वर्षमा थप परिष्कृत गर्दै लैजानुपर्ने भनाई राखे।
यहि चैत २५ गतेबाट सुरु महोत्सवका बीच त्यहाँ प्रतिकिलो ४० रुपैयाँमा आलु बिक्री गरिएकोमा महोत्सव अवधिभर कुल रु.३० लाख ६५ हजार ७ सय २० रुपैयाँको आलु कारोवार भएको छ ।
त्यहाँ ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार ४ सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।
उनले कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ, लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि अधिकत्तम ३ सय किलोग्रामसम्म आलु खरिद गरी लगेका छन् ।ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानि बढी खरिद गर्ने गरेको उनको भनाई छ।
वुधवार महोत्सवमा कलाकारहरु शंकर विरही गुरुङ, तारापति सुवेदी, प्रेमराज अधिकारी, लक्ष्मी नेपाली, पार्वती गुरुङ, सरस्वती लामिछाने तथा सुभद्रा श्रेष्ठका प्रस्तुतिहरु रहे ।
त्यस्तै महोत्सव अवधिभर आलु लगायत अन्य सामग्री समेत गरी रु. ३ करोड ७० लाखको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक तथा विज्ञ सम्मान एवम् पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायतका कार्यक्रम भएका छन्।
मूल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले महोत्सवका सहयोगकर्ता प्रति आभार प्रकट गर्दै महोत्सव हेमजाको व्याण्ड बनेको धारणा राखे।
‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव भएको हो।
हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफल मध्ये ५ सय हेक्टरमा यो खेती गरिंदै आइएको छ । जसअन्तर्गत पाँच सय ४० घरपरिवार किसान व्यवसायिक रुपमा आलुखेतीमा आवद्ध छन्।
Previous Post

पोखरा महानगरपालिका वडा नं. ३० द्धारा शिक्षकलाई अभिमुखिकरण तालिम

Next Post

वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि

वर्ल्डलिंकको इन्टरनेट परिवार सङ्ख्या नौ लाख, गण्डकीमा १ लाख ३ हजारभन्दा बढि

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?