• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

पोखरामा १५ औं कास्की हिसान स्पोर्टस मिट तेश्रो दिन पनि जारी

Lekhnath Khabar by Lekhnath Khabar
December 23, 2022
in खेलकुद
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ८ पौष । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट शुक्रबार तेश्रो दिन पनि विभिन्न खेलहरु जारी रहेका छन् ।

पोखरा रंगशालामा १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, बास्केटबल, टेबुल टेनिस र व्याडमिन्टनका खेलहरु जारी रहेको हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिएका हुन् ।

भलिबल
१५ औं हिसान स्पोर्टस मिट प्लस टुतर्फ जारी छात्र–छात्रा भलिबलमा दोश्रो चरणका खेलहरु जारी रहेको भलिबल प्रतियोगिताका संयोजक किरण सापकोटाले जनाएका छन् । शुक्रबार छात्रतर्फ ८ र छात्रातर्फ ६ खेल गरी कूल १४ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत प्लस टु छात्र भलिबलमा सगरमाथाले सबलाइमलाई, केफले पोखरा युनाइटेडलाई, स्पाइरल ग्यालेक्सीले डायमण्डलाई, सगरमाथाले हिल पोइन्टलाई, सिर्जनाले बाल प्रभातलाई, युनिभर्सले वेष्ट पोइन्टलाई, पश्चिमाञ्चलले टप्सलाई, प्रतिभाले हाभर्डलाई पराजित गर्न सफल भएका छन् ।

त्यस्तै छात्रातर्फ सम्पन्न खेलमा गुरुकुलले माउन्ट अन्नपूर्णलाई, हिल पोइन्टले गोरखा माविलाई, पश्चिमाञ्चलले भाष्करलाई, केफले पोखरा युनाइटेडलाई, न्यू मोडलले रत्न ज्योतीलाई, मदर ल्याण्डले त्रिवेणीलाई पराजित गरेका छन् ।

बास्केटबल
स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र–छात्रा बास्केटबल प्रतियोगिताका खेलहरु शुक्रबार पनि जारी रहेको बास्केटबल खेलका संयोजक खिम गुरुङले जनाएका छन् । शुक्रबार सम्पन्न छात्र बास्केटबलतर्फ न्यू ग्यालेक्सीले हाभर्डलाई ६४–१२ को भारी स्कोरले पराजित गरेको छ । त्यस्तै स्टेप बाई स्टेपले सबलाइमलाई २६–१० ले, बालोदयले रत्न ज्योतीलाई २०–३ ले,े सगरमाथाले सरस्वतीलाई ३५–१४ ले, हिल पोइन्टले गोरखालाई ३०–१२ ले, लिटिलस्टेपले शिसु निकेतनलाई २३–१३ ले पराजित गरेका छन् । त्यस्तै आजै सम्पन्न अर्को एक खेलमा न्यू ग्यालेक्सीले आफ्नो दोश्रो खेलमा स्टेपबाईस्टेपलाई ६३–५ को स्कोरले पराजित गर्दा बाल कल्याणले बालोदयलाई ५७–७ ले पराजित गरेको छ ।

त्यस्तै विश्वविद्यालय छात्रतर्फ लेकसिटीले इन्फरमेटिक्सलाई २६–२२ ले, पिसिएमले लाग्राण्डीलाई ३५–१० ले, लेकसिटीले पेकलाई ४९–२० ले, पोखरा लिंकनले पिसिएमलाई ४०–२४ ले पराजित गर्दा छात्रातर्फ पिसिएमले लेकसिटीलाई १४–५ ले, पेकले इन्फरमेटिक्सलाई १४–० ले र पोखरा लिंकनले पिसिएमलाई २८–१० को स्कोरले पराजित गरेको हिसान कास्कीले जनाएको छ ।

टेबुल टेनिस
प्रतियोगिता अन्तर्गत सम्पन्न टेबुल टेनिसमा प्लस टु छात्र–छात्र तर्फका खेलहरु जारी रहेको टेबुल टेनिसका संयोजक आनन्दराज अधिकारीले जनाए । प्रतियोगितामा छात्र डबल्सतर्फ सम्पन्न फाइनलमा ग्लोवलका विपिन श्रेष्ठ र स्वर्णिम गुरुङको जोडी प्रथम भएको छ । त्यस्तै टप्स मावीका क्षितिज गुरुङ र मुकेश थापाको जोडी दोश्रो हुँदा सिर्जनाका प्रवेश बानियाँ र मिलन खड्काको जोडी र प्रतिभाका मनिष भुजेल र सुवर्ण रुम्बाको जोडीले तेश्रो स्थान प्राप्त गरेको छ ।

यसै गरी छात्रा डबल्सतर्फ डायमण्डका अनुषा गौतम र अंकिता गुरुङको जोडी प्रथम भएका छन् । उनीहरुले पोखरा आदर्शका अंशु भट्ट र रोधा तामाङलाई पराजित गरेका थिए । प्रतियोगितामा न्यू ग्यालेक्सीका मनकुमारी थापा र सुनामी तामाङ तथा ग्लोबलका बन्दना भुजेल र अमुल्य घलेको जोडीले तेश्रो स्थान प्राप्त गरेका छन् ।

व्याडमिन्टन
१५औं हिसान स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टन क्वाटरफाइनलका खेलहरु सम्पन्न रहेको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले बताएका छन् । प्रतियोगिता अन्तर्गत शनिबार व्याडमिन्टनतर्फ फाइनलका खेलहरु सम्पन्न हुने संयोजक कुंवरले बताए ।

प्लस टु छात्रतर्फ सिंगल्समा प्रगतीका शंसाक अधिकारी र आयुस थापा र सगरमाथाका बिनम्र थापा र सौरभ थापा सेमीफाइनलमा पुगेका छन् । छात्रतर्फ सगरमाथाका निर्झरा खड्का र सविना राना मगर तथा ग्लोबल कलेजियटकी समिक्षा गुरुङ र मदर ल्याण्डकी आयुष्मा नेपाल अन्तिम चारमा प्रवेश गरेका छन् ।

प्लस टु छात्र डवल्सतर्फ पिकेजी, प्रगती, प्रतिभा र सगरमाथा सेमीफाइनलमा पुग्दा छात्रातर्फ गुरुकुल, सगरमाथा, कास्की मोर्डनाइड, र ज्योती कुञ्ज विद्यालयले अन्तिम चारमा स्थान बनाएका छन् ।

त्यस्तै विश्वविद्यालय छात्र सिंगल्सतर्फ लिंकनका रिजन सूर्यवंशी, पेकका अमित भण्डारी र निशान थापा, इन्फरमेटिक्सका थमन सिंह थापा सेमीफाइनलमा स्थान बनाएका छन् भने छात्रा सिंगल्सतर्फ पिसिएमका स्वस्तिाका पौडेल र मेनुका गुरुङ, पेककी लिजा गुरुङ, इन्फोमेक्सकी इशा सदाशंकरले अन्तिम चारमा स्थान बनाएका छन् ।

त्यस्तै ब्वाइज डबल्सतर्फ इन्फरमेटिक्स, पेक, पिसिएम र इन्फोमेक्स तथा गल्र्स डबल्सतर्फ पेक, पिसिएम र इन्फोमेक्सले अन्तिम चारमा स्थान बनाएका छन् ।

हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।

यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डबल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले जानकारी  दिए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । जस मध्ये ९ बटा विश्वविद्यालय रहेका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

 

 

 

 

Previous Post

दलगत स्वार्थभन्दा माथी उठेर प्रदेशको विकास गरौं : प्रदेश प्रमुख गुरुङ

Next Post

नौविसे ओख्लेडाँडा टोल विकास संस्थाको साधारण सभा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु
खेलकुद

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु

शुक्रबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने
खेलकुद

मंसिर १३ गते शनिबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने

लेउवा संघका ब्यवसायीहरु विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता
खेलकुद

लेउवा संघका ब्यवसायीहरु विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई
खेलकुद

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

Next Post

नौविसे ओख्लेडाँडा टोल विकास संस्थाको साधारण सभा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?