लेखनाथ, २४ माघ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको आयोजनामा भएको नवौं राईजिङ्ग स्टार वडास्तरीय पुरुष भलिवल प्रतियोगिता च्याम्पीयन बनेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा बागलुङ्गको ढोरपाटन समूहलाई आयोजक राईजिङ्ग स्टार युथ क्लबको टिमले पराजित गर्दै एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पहिलो सेट २५–१९ ले ढोरपाटनले जितेपनि राईजिङ्ग स्टारले लगातार २ सेटमा २५–२१ र २५–२४ ले पराजित गर्दै उपाधी कब्जा गरेको हो । उपविजेतामा सिमित बनेको ढोरपाटनले रु ५५ हजार पाँच सय ५५नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा राईजिङ्ग स्टारका सञ्जु विक्रम शाह उत्कृष्ट खेलाडी, ढोरपाटनका सञ्जोक परियार उत्कृष्ट सर्भर, जीवन भण्डारी उत्कृष्ट डिफेण्डर, कमल सुनार उत्कृष्ट स्पाइकर, राईजिङ्ग स्टारका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, अशोक ठकुरी उत्कृष्ट शर्टर घोषित भएका छन ।
विजयी एवं उत्कृष्ट घोषित खेलाडीहरुलाई क्लबका आजीवन संरक्षक पोखरा महानगरपालिका वडा नम्वर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा सदस्य जितेन्द्रबहादुर क्षत्री, क्लबका पूर्व अध्यक्ष यमप्रसाद गुरुङ, संस्थापक अध्यक्ष प्रदिप गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
क्लवका अध्यक्ष तिलबहादुर गुरुङ ‘अनिल’को अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगितामा कुल १५ टिमको सहभागिता रहेकोे थियो ।






Discussion about this post