लेखनाथ २७ चैत्र । कास्कीको लेखनाथमा शुक्रबार देखि तेस्रो सुय तारा क्लब प्रतियोगिता सुरु भएको छ । चैत्र ३० गतेसम्म पोखरा २९ भण्डारढिकमा रहेको प्रस्तावित रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।
खेल महोत्सवको रुपमा लिईएको प्रतियोगितामा पुरुष सेभेन ए साइड फुटबल खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता राखिएको क्लवका अध्यक्ष विष्णु पुनले जानकारी दिएका छन् ।
यसैविच शुक्रबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका छन् । कार्यक्रममा पोखरा महानगरपालिका बडा नम्वर २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,क्लवका अध्यक्ष बिष्णु पुन,उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी र सचिव सरस्वती श्रेष्ठले खेलको माध्यमबाट युवाहरुमा अनुशासन र खेल प्रति चासो देखिने विश्वास ब्यक्त गरिएका थिए ।
शुक्रवार भएका खेलबाट पोखरा २९,नमस्ते पाटी प्यालेस,विपिन एफ सी र रामघाट सेतो दोस्रो चरणको खेलमा छानीएका छन् ।
खेल महोत्सवको मुख्य आर्कषणको रुपमा रहेको फुटवल प्रतियोगितामा १८ समुहबीच प्रतिष्पर्धा हुनेछ । यसरी प्रतिष्पर्धा गर्ने टिमलाई दुई समुहमा विभाजन गरिएको छ । सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले बताए । द्वितीय हुने समुहले एक लाख एक हजार एक सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछन् ।
‘स्पोट्र्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजनामा हुन लागिरहेको तेस्रो सुर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सवमा डोरीतान संघ गण्डकी प्रदेशले सहकार्य गरेको छ ।
प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स, प्रवद्र्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय र पोखरा महानगरपालिका वडा नं २९ रहेका छन् ।






Discussion about this post