चैत्र २९, वेगनास –
नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको आयोजनामा वेगनासताल किनारमा फिस फेष्टिवलको आयोजना गरेको छ।
चैत्र ३० गते अर्थात एकदिने कार्यक्रममा वेगनास तथा माछामा परिकारको बिक्रि तथा प्रवर्धन, सांगीतिक र सांकृतिक कार्यक्रम हुने आयोजकले एक पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएका हुन्।
नेपाली नव बर्ष २०८३ लाई स्वागत गर्न चर्चित गायिका रचना रिमाल वेगनासतालमा आउने छिन। त्यस्तै पोखरेली ब्याण्ड, माया गुरुङ, बालचन्द्र बराल लगायत थुप्रै कलाकारहरुले प्रस्तुति दिने आयोजकले बताएको छ।







Discussion about this post