चैत्र २९, लेखनाथ l नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले वेगनासताल किनारमा ‘फिस फेष्टिभल’को आयोजना गर्ने भएको छ ।
नयाँ बर्षलाई सदैव उत्साह पुर्वक मनाउनका लागि चैत्र ३० गते सोमवार एकदिने कार्यक्रमका साथ ‘माछा महोत्सव’ गर्न लागेको संस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिएका छन् ।
वेगनासतालको प्रचार प्रसारमा सहयोग पुग्ने र तालबाट माछा उत्पादन गरि आय आर्जनमा सहयोग पुग्ने उदेश्यले माछा महोत्सव गर्न लागिएको हो । सोमवार दिउसो २ ः०० बाट औपचारीक कार्यक्रम सुरु गरि विविध सास्कृतीक कार्यक्रम सहित राती १२ः०० वजे नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको सस्थाकी महासचिव शक्ति श्री कोईरालाले जानकारी दिएकी छन् ।

माछा महोत्सवको नाम दिएर आयोजना गरिएको कार्यक्रममा बेगनास,रु पा लगाएत लेखनाथमा भएका अन्य तालबाट पनि माछा ल्याएर विक्रि वितरणको ब्यवस्था मिलाईने छ भने माछामा परिकारको बिक्रि तथा प्रवर्धन समेत गरिने होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष विरभद्र कँडेलले जानकारी दिए ।
नेपाली नव बर्ष २०८३ लाई स्वागत गर्न चर्चित गायिका रचना रिमाल वेगनासतालमा आउने छिन । त्यस्तै पोखरेली स्थानिय ब्याण्ड, माया गुरुङ, बालचन्द्र बराल लगायत स्थानिय कलाकारको प्रस्तुती सहित भजन कृतन र नृत्य समेत रहने बताईएको छ ।






Discussion about this post