लेखनाथ,२९ चैत्र । बिजयपुर सिंचाई प्रणाली अन्तरगतको मुल नहरको मर्मतको काममा ढिलाई हुदाँ यस वर्ष किसानले चैत्र धानको खेती गर्न नपाएकोमा गहिरो दुःख मनाउ गरेका छन् ।
बिजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाको शनिवार सम्पन्न २५ औं वार्षिक साधारण सभामा उपस्थित किसानहरुले मुल नहरको मर्मतको काममा सरकारी तहबाट टेण्डर प्रक्रियामा ढिलाई हुदाँ आफुहरुले यस वर्षको चैते धानको विउ राखेर पनि रोपाई गर्न नपाएको गुनासो राखेका हुन् ।
मुल नहरको धर्ती फाँटा र कुहिरे रह क्षेत्रमा तत्काल मर्मतका लागि बजेट बिनोयजन भए पनि टेण्डर प्रक्रियाको काममा ढिलाई हुदाँ नहर मर्मतको काम जेष्ठ महिनाको भित्र पनि नसकिने भएकाले वर्खो धानको विउ राख्ने देखि वर्खो धानको रोपाई समेत प्रभाबित हुने तर्फ समयमा नै सचेत हुन सहभागी किसानहरुले सुल्झाएका हुन् ।
कार्यक्रममा बोल्दै जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले सरकारीको निर्माण प्रक्रिया एउटा र ब्यवहारीक पक्ष आर्को भएकाले समयमा नहरको मर्मत प्रक्रिया अगाडी नवढेको बताउदै विनियोत रकमको कामका लागि छिटै संचालन हुने र जती सक्दो चाडो निर्माणको काम सम्पन्न गर्न आफुहरु लागी परेको बताए ।
बिजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाका अध्यक्ष ठाकुर प्रसाद ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले नहर मर्मतको काम समयमा अगाडी नवढदा यस क्षेत्रको करिव १२८० हेक्टरको कृषि योग्य जमिनमा खेती बाली लगाउन नसकिएको धारणा राखेका थिए भने वडा नम्वर २६का वडाअध्यक्ष नरेन्द्र थापाले समस्या आफैसँग र समधान पनि आफैसँग भएकाले नहर मर्मतको कामलाई दिर्घकालीन रुपमा नै समधान गर्ने गरि आफुहरु अगाडी वढेको बताए ।
सोही अवसरमा मानव अधिकार रक्षक संञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरि ढुगाना,उज्ज्वल आमा समुहकी अध्यक्ष सारदा बराल,बेगनास सिंचाई जल उपभोक्ता सस्थाका अध्यक्ष राजु खत्री,वडा नं २९ का वडासदस्य कालिदास पोखरेल,सस्थाका कोषाध्यक्ष ईन्द्र वहादुर गुरुङ र उपभोक्ताको तर्फबाट डम्वर बहादुर थापा र सरस्वती गौतम लगाएतले उत्पन्न समस्यका बारेमा जानकारी गराएका थिए ।
बिजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाका सचिव धर्मराज बरालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष क्याप्टेन गणेश प्रसाद गुरुङले राखेका थिए भने धन्यवाद ज्ञापन सहित सस्थाका गतिविधीका बारेमा निवर्तमान अध्यक्ष प्रयागराज भण्डारीले जानकारी गराएका थिए । सोही अवसरमा असल छ जना किसानलाई सन्मान गरिएको थियो ।






Discussion about this post