रामशरण नेपाली/लेखनाथ, पुस ८ ।
नौविसे ओख्लेडाँडा टोल विकास संस्था पोखरा–२९ को साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं.२९ का वडाध्यक्ष गुरुङ्गले टोलविकास संस्थाले गर्दै आईरहेको कार्यको प्रशंसा गर्दै वडाको विकासमा टोल विकास संस्थाको भुमिका महत्वपुर्ण हुने वताएका छन ।
वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले सरसफाई अभियानलाई निरन्तरता दिन, नेर्तत्व विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्न, जमिन बाँझो नराख्ने अभियान चलाउन, कृषिमा विशेष गरी तरकारीमा आत्मनिभर्र हुने गरी लाग्न र गार्मेन्ट उद्योगको स्थापना गरि आयआर्जनका कार्यमा जोडिन आग्रह गर्दै त्यसको लागी आगामी वजेटमार्फत वडाले पनि सहयोग गर्ने प्रतिद्धता व्यक्त गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका गरिबी निवारण महाशाखाका कार्यक्रम प्रमुख तथा लेखा अधिकृत रबिन्द्र अधिकारीले नौविसे ओख्लेडाँडा टोल विकास संस्था महानगरभित्रका उत्कृष्ट १० टोलविकास संस्थाहरु मध्येमा पर्ने बताउँदै संस्थाले महानगर र वडा कार्यालय मार्फत लिन सक्ने लाभ एवं लक्षित कार्यक्रमहरुको विषयमा जानकारी दिएका थिए ।
उक्त अवसरमा संस्थाका सदस्य एवं बन अधिकृत महाप्रसाद ओझा, समाजसेवी एवं राजनितिकर्मी बिमल वावु न्यौपाने लगायतले बोलेका थिए भने कोषाध्यक्ष दुर्गा देवी अधिकारी, सचिव विष्णु प्रसाद लामिछाने, लेखा संयोजक सुरज तिवारी, ऋण उप–समितिका संयोजक चन्द्रकान्त पौडेल लगायतले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
रमाईलो बनभोज सहित पोखरा–३० पन्थको डाँडा (दिपाङ्ग ताल)मा आयोजीत उक्त कार्यक्रममा युवा उद्यमी गाईपालनतर्फ विजय भटृराई, पुष्प खेतीतर्फ सफल महिला कृषि समुहकी अध्यक्ष राधा ढकाल, संस्थापक अध्यक्ष श्रीकृष्ण सुवेदी, निवर्तमान अधयक्ष एवं जनप्रतिनिधि कालिदास पोख्रेल, पुर्व अध्यक्ष एवं पुर्व जनप्रतिनिधि हेम बहादुर बानिया, प्राबिधिक रुपमा सहयोग पुर्याउने आशिष सापकोटा र सन्तोष गौतम एवं ज्येष्ठ नागरीक ८४ वर्षिया फुलमाया पौडेललाई सम्मान समेत गरिएको थियो ।
संस्थाका अधयक्ष प्रमोद कुमार पौडेलको अधयक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद लामिछानेले गरेका थिए ।
Discussion about this post