• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

दलगत स्वार्थभन्दा माथी उठेर प्रदेशको विकास गरौं : प्रदेश प्रमुख गुरुङ

१८औं लेखनाथ महोत्सव शुरु

Lekhnath Khabar by Lekhnath Khabar
December 22, 2022
in समाचार, स्थानीय
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ.७ पुस ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दलगत स्वार्थभन्दा माथी उठेर गण्डकी प्रदेशको विकास गर्न अब बन्ने प्रदेश सरकारलाई आग्रह गरेका छन । विकासका लागी सबै कुरामा राजनीती नगरी गण्डकी प्रदेशलाई कसरी समुन्नत बनाउन सकिन्छ भन्ने विषयमा सबै दलहरुविच समझदारी कायम गरी प्रदेशको विकास गर्ने निति निर्माण गर्न अब आउने सांसद र सरकारसँग आग्रह गरेका हुन ।

बिहिबारदेखी लेखनाथमा शुरु भएको १८औं लेखनाथ महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङ्गले आम जनता र उपभोक्ता लाई उत्पादक एवं उद्योगी व्यवसायीहरुसग अन्र्तक्रिया गराउन यस्ता महोत्सवले उल्लेखनीय भुमिका खेल्ने वताउँदै यसबाट स्थानीय उत्पादक एवं उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष टेवा पुग्ने वताएका थिए ।

गुरुङले देशको आर्थिक विकासको मेरुदण्ड नै उद्योग र व्यवसाय भएको बताउँदै राज्यका तिन वटै तहले उद्योग र व्यवसाय प्रर्वद्धन एवं सम्वद्र्धनको लागी के कस्तो प्रेरण दिन सकिन्छ भन्ने विषयलाई मध्येनजर गर्नुपर्ने बताएका थिए । उनले गण्डकी प्रदेश जलश्रोत, पर्यटन र कृषिको दृष्टिले प्रचुर सम्भावना बोेकेको प्रदेश भएको वताउँदै सबैको उद्यमशीलता, मेहनत र लगनशीलता हुन सके सबैभन्दा उज्ज्वल र उन्नत प्रदेश बनाउन सकिने समेत दाबी गरे ।

कार्यक्रममा पुर्व गृहमन्त्री खगराज अधिकारीले विकासको गतिलाई तिव्रता दिनको लागी उद्योगी ब्यवसायिहरुको भुमिका महत्व पुर्ण हुने वताउँदै लेखनाथलई लेखनाथ कै रुपमा स्थापित गर्नुपर्ने जनगुनासो बढ्दै गएकाले अवका दिनमा लेखनाथ नगरपालिका बनाउने अभियान चाल्नु पर्ने सुझाव राखेका थिए । उनले मनमा हिनाताबोध र मनोबैज्ञानीक असर रह्यो भने कुनै कुराको पनि बिकास हुन नसक्ने भएकाले आम लेखनाथबासीको चाहाना अनुरुप नै अगाडी वढ्नु पर्ने आवश्यकता औंल्याएका थिए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष आनन्दराज मुल्मीले महानगर बनेसँगै ठुलो विकास बजेटको छायाँ लेखनाथमा पनी पर्ने आशाका साथ लेखनाथवासी लेखनाथलाई पोखरामा गाभ्न तयार भएकोमा त्यसो हुन नसकेको वताउँदै अब आउँदो निर्वाचनसम्ममा लेखनाथवासीले आफ्नो अपेक्षा बमोजिमको कदम चाल्नेमा विश्वस्त रहेको वताए ।

उक्त अवसरमा पुर्व कानुन मन्त्री यज्ञ बहादुर थापाले गे्रटर पोखराको अवधारणालाई अगाडी सारेर लेखनाथलाई पोखरामा मिसाउने जुन सहमति भयो त्यो वास्तविक रुपमा सार्थक नभएकाले कानुनले गरेको व्यवस्था बमोजिम के गर्न सकिन्छ भन्ने बारेमा सुजवुझपुर्ण कदम चाल्नुपर्ने बिचार व्यक्त गरेका थिए ।

उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोईरालाले सरकारले चालेका हरेक कदम उद्योग ब्यवसायिमैत्री नभएको हुदाँ ब्यवसायिक क्षेत्रमा गरि खान नै असहज स्थीति आएको गुनासो राखेका थिए भने स्याङजा उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रमान श्रेष्ठले बैकहरुले ब्यवसायिको घाँटी रेट्ने गरि गरेको चर्को ब्याजदरले उद्योग ब्यवसायि धरासायी हुन पुगेको वताएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र कडेलले कृषिलाई बढवा दिदै कला र संस्कृतीलाई पनि पर्यटन प्रर्वद्धनमा प्रयोग गर्नुपर्ने सुझाव राखेका थिए भने वडा नं. २७ की वडा सदस्य एवं झाँकी र्याली व्यवस्थापन उप–समितिकी संयोजक ले आमा समुहहरुको सहभागीता र सक्रियतामा आयोजना गरिने झाँकी र्यालीले महोत्सवको फरक पहिचान बनेको वताउँदै यसले महोत्सव सफल बनाउन ठुलो उत्साह र प्रोत्साहन मिलेको वताएकी थिईन ।

कार्यक्रममा स्वागत गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले आर्थिक क्षेत्रमा देखीएका विभिन्न समस्याले व्यवसायीहरुमा संकट आएको वताउँदै व्यवसायीका समस्या र गुनासालाई राज्यले गम्भीर भएर सम्बोधन गर्नुपर्ने वताएका थिए ।

उनले जनस्तरबाट लेखनाथ नगरपालीका पुन कायम गरिनुपर्ने आवाज उठीरहेको तर्फ ईगित गर्दै विकासको आशामा पोखरामा गाभिन लेखनाथवासी तयार भएको वताउँदै त्यसअनुरुप जनताले विकासको अनुभुति गर्न नसकेपछि यस किसिमका आवाज उठ्नु स्वभाविक भएको र यसमा संघको पनि सर्मथन रहेको वताएका थिए ।

उद्घाटन समारोहमा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले र कार्यक्रमको सञ्चालन उपेन्द्रराज सुवेदी(राजु) ले गरेका थिए । उद्घाटन पुर्व लेखनाथ क्षेत्रका विभिन्न आमा/महिला समुह, टोल विकास संस्था र विभिन्न जातजाति र समुदायका ३९१ समुहका झाकीसहितको र्याली निकालीएको थियो ।

यहि पुस १८ गते सम्म चल्ने महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन ।

महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति,बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आर्कषणका रुपमा रहने मेला प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

महोत्सवमा १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ भने ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने बताईएको छ । बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवन स्तरोन्नती, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणी लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकिय स्थलहरुको प्रवद्र्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ ।

महोत्सवको संघले २०५८ साल देखि सुन्तला प्रर्दशनीबाट सुृरु गरेको महोत्सवलाई समयानुकुल परिस्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सब गर्दै आएको साथै यसपटक महोत्सवमा ३३७ स्टल रहेको र २ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

Previous Post

पोखरा महानगरमा मेलमिलापकर्ता तालिम सुरु

Next Post

पोखरामा १५ औं कास्की हिसान स्पोर्टस मिट तेश्रो दिन पनि जारी

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

सनराईज क्लवको १८ औं स्थापना दिवस सम्पन्न
समाचार

सनराईज क्लवको १८ औं स्थापना दिवस सम्पन्न

स्वर्णीम महिला समुहलाई वाद्यवादन सामाग्री हस्तान्तरण
समाचार

स्वर्णीम महिला समुहलाई वाद्यवादन सामाग्री हस्तान्तरण

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम
अर्थ खबर

लेउवा संघमा ३ महिने प्लम्बिङ तालिम

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो
समाचार

रुपाताल मत्स्य सहकारीले रजत बर्ष मनाउँदै, रुपातालमा माछाका भुरा छाडियो

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

Next Post
पोखरामा १५ औं कास्की हिसान स्पोर्टस मिट तेश्रो दिन पनि जारी

पोखरामा १५ औं कास्की हिसान स्पोर्टस मिट तेश्रो दिन पनि जारी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?