लेखनाथ, २१ कार्तिक ।
’मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै लेखनाथ जेसिजले जेसिज सप्ताह–२०२४ विविध कार्यक्रमका साथ मनाउने भएको छ ।
बुधवार जेसीज सप्ताहका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्तिक २३ देखि २७ गते सम्म जुनियर जेसीजको सहकार्यमा सप्ताह ब्यापी कार्यक्रम गर्न लागेको मुल संयोजक जेसी शुशिल ढुङ्गानाले बताए ।
जेसीज सप्ताह अन्तरगत पहिलो दिन कार्तिक २३ गते झण्डोत्तल तथा उद्धघाटन समारोह , दोश्रो दिन ट्राफिक सचेतना तथा निशुल्क चालक/सह चालक स्वास्थ्य परिक्षण, निशुल्क पोशाक वितारण, स्लो वाइक रेस, नेतृत्व विकास तथा प्रतिवेदन लेखन, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता र अन्तिम दिन पुरस्कार वितरण तथा समापन कार्यक्रम हुने भएको छ भने कार्यक्रम सञ्चालनको लागि करिव २ लाख ११ हजार अनुमानित खर्च हुने लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राइभाटले बताए ।
केही समय अघिमात्र नेपाल जेसिजको आयोजनामा कास्की स्थित सात तालको बाटिका सहर लेखनाथमा १३ औँ राष्ट्रिय जुनियर जेसिस सम्मेलन समेत गरेको थियो ।
Discussion about this post