• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्लाष्टिकजन्य माला, फूल गुच्छा बिक्री गर्ने पसलमा महानगरको अनुुगमन

Ramsharan Nepali by Ramsharan Nepali
October 29, 2024
in समाचार, स्थानीय
0
???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, कात्तिक १३ गते । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूल गुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा  पोखराका प्लाष्टिकजन्य फुलका माला र फूलका गुच्छा बिक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ ।

वि.स. २०७९ साउन १२ गतेबाट राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा पूूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरले विगत तीन वर्षदेखि पोखरामा प्लाष्टिकजन्य फूलगुच्छा,माला बिक्री वितरणमा रोक लगाएको छ । महानगरले प्रतिबन्धित प्लाष्टिकजन्य सामग्री बिक्री गर्ने पसलहरुमा अनुगमन गरेको हो । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारमा प्लाष्टिकका फूल र माला बढि आयात हुने र बिक्री वितरण हुने भएकाले अनुगमन गरिएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए ।

अनुुगमनका क्रममा ८ पसलबाट ३० हजार मुुल्य बराबरको प्लाष्टिकजन्य फुलका गुच्छा र माला जफत गरिएको छ भने संचालकहरुलाई एक साताभित्र पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । पोखरा वडा नम्वर ९ मा रहेको पुष्पराज प्लावर एण्ड ब्याडिङ्ग सप, सृष्टि फलावर, गढीमाई टेण्ट हाउस, पोखरा ४ मा रहेको एनएस फोटो फ्रेम एण्ड गिफ्ट कलेक्सन, गणेश पुजा सामग्री भण्डार, महाकाली पुर्जा सामग्री भण्डार र पोखरा ८ को एभरग्रिन फलावर सपमा अनुगमन गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।

प्लाष्टिकजन्य फूलका माला बिक्री वितरणमा गरिएको अनुुगमन प्रभावकारी देखिएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुुख मनहर कडरियाले बताए । उनले लगातर तेश्रो वर्षपनि अनुुगमन गर्दा विगतमा जस्तो प्लाष्टिका फूल र माला कम भएको बताउदै अनुुगमन प्रभावकारी देखिएको बताए । उनले नेपाल सरकारले प्रतिबन्ध लगाएपछि पोखरामा पूर्ण रुपमा रोक लगाइएको र अनुुगमनले ब्यवसायीहरुपनि सचेत भएकाले प्लाष्टिकजन्य पुष्पगुच्छा र माला आयातमा कमी आएको बताए ।

वातावरण संरक्षण ऐनको तफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट रु १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुुन सक्ने व्यवस्था ऐनमा रहेको छ । महानगरले गत वर्ष १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फूलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।

अनुुगमनमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुुख मनोहर कडरिया, महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख अनिल कार्की, सहकारी तथा उद्योग शाखा अधिकृत ऋषिराम सापकोटा, सहकारी तथा उद्योग शाखाका राजु सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगरस्तरीय समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, पत्रकार र नगर प्रहरीको सहभागीता रहेको थियो ।

Previous Post

लेखनाथ सामुदायिक सेवा केन्द्रको स्थापना दिवसमा रक्तदान

Next Post

लेखनाथ जेसिजले जेसिज सप्ताह–२०२४ विविध कार्यक्रमका साथ मनाउने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी
समाचार

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

गणित शिक्षकले लिए तालिम
समाचार

गणित शिक्षकले लिए तालिम

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम
समाचार

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण
समाचार

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका
समाचार

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Next Post

लेखनाथ जेसिजले जेसिज सप्ताह–२०२४ विविध कार्यक्रमका साथ मनाउने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?