लेखनाथ, १३ कात्र्तिक । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामादायिक प्रहरी सेवा केन्द्रको १८ औं स्थापना दिवसका अवसरमा राखिएको नागरिक सुनुवाइ एवं खुल्ला रक्त्तदानमा ३९ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रत्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा तालचोकमा राखिएको खुल्ला रक्तदान एवं नागरिक सुनुवाई कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सस्थाले राखेको रत्तदानले मानव कल्याणको काम गरेको धारणा राखेका थिए ।
पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्गलाई ब्याग हस्तान्त्रण गरि सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले रगतको अवभावलाई मध्यनजर गर्दै समाजमा सकारात्मक सन्देश दिन समुदायलाई परिचालन गरिएको वताए । बर्तमान अवस्थामा यस क्षेत्रमा सडक विस्तारको काम भएकाले धुवाधुलोले प्रत्यक्ष ट्राफिक व्यवस्थापनमा कठिनाई भएको अवगत गराउदैे निमार्ण प्रकृयालाई सहजीकरण गरी चाडपर्वमा अवसरमा बजार अनुगमलाई उपभोक्ताका गुनासोलाई सुनुवाइ गरेको, लागुऔषध र जुवातासलाई समाजमा अपराध कानुनले निषेध गरेका कृयालापलाई नियन्त्रण गर्न प्रहरी र समुदायका बिच हालेमालोको आवस्यकता औल्याएका थिए ।
सोही अवसरमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्याम बाबु ओलियाले रत्तदानले मानव कल्याणको काम गरेको धारण राख्दै सडकमा सिसी टिभिको अभावमा चाडवाडको समयमा सम्भावित विकृति, चोरी डकैती, दुर्घटना अपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुुरक्षामा चुस्त राख्न शुरक्षा सदैव सचेत र चनाखो रहेको बताए ।
स्थापना दिवसका अवसरमा राखिएको नागरिक सुनाई कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरिक्षक होत वहादुर रोक्काले सहजिकरण गरेका थिए ।
लेखनाथ सामुदियक सेवा केन्द्रकी अध्यक्ष गगां कुमारी खनालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, बरिष्ठ प्रहरी नायव होतबहादुर रोक्का, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी (राजु),माटेपानी सामुदायिक सेवा केन्द्रका अध्यक्ष धर्मराज आचार्य, लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोति गिरी लगायतले रत्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद सुवेदीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सचिव विनोद थापा र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक रामकृष्ण खनालले गरेका थिए ।
Discussion about this post