लेखनाथ, ११ कात्र्तिक । पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै पेशागत बिमा अभिकर्ता संघ एल आई सी नेपाल शाखा समिति लेखनाथको आयोजनामा राखिएको आकस्मिक रत्तदानमा २७ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाईटी प्रादेसिक रत्तसंचार केन्द्र पोखराको आग्रह र राखिएको रत्तदानका पहिलो रत्तदाता एल आई सी नेपालका एजेन्सी म्यानेजर बिमल भण्डारीलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले जिवन बिमाको क्षेत्रमा काम गर्दै आएको एल आई सी नेपालले सामाजिक उत्तरदाईत्वलाई आत्मसाथ गर्दै राखेको रत्तदानले मानव कल्याणको काम गरेको धारण राखेका थिए ।
सोही कार्यक्रममा पेशागत विमा अभिकर्ता संघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारीले विमामा काम गर्ने अभिकर्ताले विमा गराउनका लागि विमितको घर घरमा मात्र होईन सामाजिक उत्तरदाईत्वको पनि काम गरेर समाजमा सकरात्म शन्देस दिन सक्छन् भन्ने यो दरिलो उदाहरण भएको विचार राखेका थिए ।
पेशागत विमा अभिकर्ता संघ नेपाल एल आई सी नेपाल शाखा समिति लेखनाथका अध्यक्ष सुन्दर शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सरुवा रोग तथा संक्रामक अस्पतालका अध्यक्ष ऋषिराम जमरकटेल,लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी(राजु),पेशागत विमा अभिकर्ता संघका केन्द्रिय कोषाध्यक्ष रुक वहादुर गुरुङ,केन्द्रिय सदस्य रेखादेवि पोखरेल, पेशागत विमा अभिकर्ता संघ गण्डकी प्रदेशका अध्यक्ष नवराज दुरा,एजेन्सी म्यानेजर गोविन्द खड्का,पेशागत बिमा अभिकर्ता संघ एल आई सी नेपाल शाखा समिति पोखराकी अध्यक्ष रञ्जना भण्डारी,लेखनाथ साखाका सस्थापक अध्यक्ष भीमपाणि बराल र वर्तमान उपाध्यक्ष प्रतिक्षा रानाभाट लगाएतले रत्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
Discussion about this post