लेखनाथ, १० कार्तिक ।
पोखरा महानगरपालिका वडा नं २७ को तालचोकमा रहेको क्षत्रशक्ति बचत तथा ऋण सहकारी सस्थाको १४ औं वाषिक साधारण सभा तथा पाचौं अधिवेशनले आगामी कार्यकालका लागि सप्त बहादुर जि सी को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
वर्तमान उपाध्यक्ष समेत रहेका जि सी लाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो भने समितीको उपाध्यक्षमा वर्तमान सचिव सुवास खड्का सचिवमा ज्योती वस्नेत, सह सचिवमा महेन्द्र प्रसाद पौडेल र कोषध्यक्षमा सञ्जय वावु भट्टराई चुनिएका छन् ।
यसैगरि समितिको सदस्यमा मीना पौडेल थापा,भगवती थापा,गंगा जि सी,रामवहादुर जि सी ऋषिराम तिवारी र मित्रलाल वास्तोला छन् भने लेखा समितिको संयोजकमा कृष्ण बहादुर थापा र सदस्यमा शिव वहादुर अधिकारी र तेज प्रसाद भण्डारी रहेको निर्वाचन संयोजक तथा सस्थाका पुर्व अध्यक्ष ईन्द्र वहादुर थापाले जानकारी दिएका छन् ।
यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दे पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रबिरमण तिवारीले २÷४ वटा सहकारीको कारण सबै सहकारीमा असर परेको वताउँदै पोखरा बाहिरबाट आएर निजि कम्पनि जस्तो गरि संचालित सहकारीको कारण जनता ठगिनुपरेको स्पष्ट पारे । उनले सहकारीहरु समुदायमा आधारीत हुनुपर्ने पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुका पराजुली, नागरिक परोपकार समन्वय संस्थाका अधयक्ष देवराज पनथी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सप्त बहादुर जिसी ले र सञ्चालन सचिव सुवास खड्काले गरेका थिए ।
वि स २०६७ सालमा ६६ जना सेयर सदस्यहरुवाट स्थापना भएको सहकारीमा हालसम्म सात सय चार सेयर सदस्यहरुवाट चार करोड ३३लाख ४१ हजार सेयर पुँजी वनाउन सफल भएको छ
Discussion about this post