लेखनाथ, २३ कार्तिक । पाँच दिनमा सात वटा कार्यक्रम गर्ने गरि लेखनाथ जेसीजले शुक्रवार देखि यस वर्षको जेसीज सप्ताह–२०२४ सुरु गरेको छ ।
हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले जुनियर जेसीजको सहकार्यमा कार्तिक २३ देखि २७ गते सम्म सप्ताहब्यापी कार्यक्रम मार्फत जेसीज सप्ताह सुरु गरेको हो ।
जेसीज सप्ताहको पहिलो दिन पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले लेखनाथ जेसीजको सचिवालय पोखरा २७ को तालचोक परिसरमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तलन गरि जेसीज सप्ताहको सुभारम्भ गरेका हुन् ।
लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राईभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसीजका पुर्व अध्यक्ष नविन प्रसाद वास्तोला, ऋषिराम जमरकटेल,सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनाल, लायन्स क्लव नेचुर टाउनका अध्यक्ष वुदिराज सुवेदी, जुनियर जेसीजका एरिया वि संयोजक सन्दर्भ खनाल लगायतले सामाजिक क्षेत्रमा जेसीजले गरेका कामका वारेमा चर्चा गरेका थिए ।
लेखनाथ जेसीजका महासचिव मौसम बरालले संचालन गरेको कार्यक्रममा जेसीज आस्था पाठ सदस्य शिवानी के सीले गरेकी थिईन भने स्वागत मन्तव्य संयोजक रसिसहरी भण्डारी र मुल संयोजक शुसील ढुगानाले सातब्यापी कार्यक्रमका वारेमा जानकारी गराएका थिए ।
जेसीज सप्ताह अन्तरगत ट्राफिक सचेतना तथा निशुल्क चालक÷सह चालकको स्वास्थ्य परिक्षण, निशुल्क पोशाक वितारण, स्लो वाइक रेस, नेतृत्व विकास तथा प्रतिवेदन लेखन, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता र अन्तिम दिन पुरस्कार वितरण तथा समापन कार्यक्रम रहेको छ ।
Discussion about this post