लेखनाथ, २२ माघ । युवाका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद नेपालको राष्ट्रिय खेल भलिबल भन्ने मूल नाराका साथ बुधवारदेखि पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोल स्थित भलिवल कोर्टमा सुरु भएको नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल प्रतियोगिता अन्तर्गत विहिवार ५ टिम अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
बागलुङ्गको ढोरपाटन समूह र पोखरा महानगरापालिका वडा नम्वर २६ घैटेखोर का विच भएको पहिलोे खेलमा २५-१८ र २५-१५को सेटमा जित निकाल्दै ढोरपाटन अघिल्लो चरणमा प्रवेश ग¥यो भने दोस्रो खेल राईजिङ्ग स्टार युथ क्लब ए र रुपा ५ देउरालीको समूहका विच भएकामा २८-३० र २५-२२ र २७-२५ को सेटमा आयोजक टीम अगाडि बढेको छ ।
तेस्रो खेल भण्डारढिक र मादी २ का विच भएकामा १३-२५ , २७-२५ र २५-२२को सेटमा मादी २ ले जित निकाल्यो । चौथो खेल माच्छापुच्छ«े १, मिर्सा र पोखरा महानगरापालिका वडा नम्वर २८ विच भएको थियो जसमा १८-२५, २५-१५ र २५-२७ को सेटमा पोखरा महानगरापालिका वडा नम्वर २८ को टिम विजयी बन्दै अगाडि बढेको छ भने विहिवारको अन्तिम खेल महानगरापालिका वडा नम्वर २१ र वडा नम्वर १९ का विच भएकामा महानगरापालिका वडा नम्वर २१ अघिल्लो चरणमा प्रवेश गरेको प्रतियोगिता संयोजक ईश्वर खत्रीले जानकारी दिए ।
क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा भएको कार्यक्रमको बुधवार क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङले व्यानरमा हस्ताक्षर गर्नुका साथै रेफ्री बुद्वसिंहलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । राईजिङ्ग स्टार युथ क्लब र लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल विच मैत्रीपूर्ण उद्घाटन खेल सञ्चालन भएको थियो ।
शिक्षा, स्वास्थ्य तथा वातावरण यूवा तथा खेलकुद महिला तथा बालबालिका क्षेत्रमा कार्य गर्दै आएको क्लवले यूवा लक्षित लागु औषध सचेतना कार्यक्रमको साथै खेलकुदको क्षेत्रमा फुटबल, ब्याटमिन्टन, खेलहरु पनि हरेक वर्ष गर्दै आएको छ ।प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । खेलको बिजयी समूहले एक लाख ११ हजार एक सय ११, उप विजेता समूहले ५५ हजार पाँच सय ५५ र तृतीय हुने दुई समूहलाई १०/१० हजार प्रदान गरिने छ भने अन्य उत्कृष्ट खेलाडीलाई विधा अनुसारको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
चार दिनसम्म चल्ने प्रतियोगितामा करीव आठ लाख खर्च लाग्ने र प्रायोजक ,सह प्रयोजक र सहयोगी संघ सस्थाबाट करीव १० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ भने खेलबाट बचत भएको रकमलाई खेलकुदकै क्षेत्रमा खर्च गरिने क्लवको उदेस्य रहेको वताइएको छ । कार्यक्रम पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले सञ्चालन गरेका थिए ।






Discussion about this post