लमजुङ्ग । गणेश मालिका मा वि मध्य नेपाल नगरपालिका वडा नं १० नेटा ,थान्सिङ लमजुङ्गमा अन्तर मा वि स्तरीय चौंथो खुला वादविवाद प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।
कास्की, तनहँु र लमजुङ्गका गरी ३० विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा विद्याज्योति मा वि सुन्दर वजारका अनुपम गौलीले प्रथम स्थान हासिल गरेका छन्।
कृतिम बुद्विमता एआई अवसर कि चुनौति विषयक प्रतियोगितामा गौलीले ५० हजार नगद,शिल्ड तथा प्रमाणपत्र प्राप्त गरे। द्धितीय अर्थली प्याराडाईज अंग्रेजी मावि की सुशना उप्रेतीले तीस हजार नगद, र प्रमाणपत्र प्राप्त गरिन्।
यसै गरी तृतीय जन विकास मा वि वेशिसहरकी सजिना आचार्यले २० हजार नगद सहित प्रमाणपत्र पाईन्। चतुर्थ शान्ति मा वि कुन्छाकी मन्दिरा गौलीले दस हजार नगद र प्रमाणपत्र प्राप्त गरेकी थिईन्।
प्रतियोगितामा पोखरा विश्वविद्यालयका उपप्राध्यापक सञ्जीव पौडेल,लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल र पोखरा विश्वविद्यालयका पी एच डी स्कोलर सन्दिप अधिकारी निर्णयक रहेका थिए ।
मानबहादुर मैताकुमारी स्मृति कोषको प्रायोजन तथा गणेश मालिका मा विको ४७ औं वार्षिकोत्सवको अवसरमा सम्पन्न प्रतियोगितामा छोराहरु सुर्यबहादुर गुरुङ्ग र खेमबहादुर गुरुङ्ग, छोरी मालादेवी गुरुङ्ग, विव्यस अध्यक्ष राजेन्द्र पाण्डे, मध्य नेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डे,प्रधानाध्यापक चन्द्रबहादुर बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।






Discussion about this post