लेखनाथ, २० माघ । कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २७ को तालचोकमा रहेको क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाको १६ औ स्थापना दिवसका अवसरमा राखिएको रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।
सस्थाले हरेक वर्ष आफनो स्थापना दिवसमा केही न केही सामाजिक उत्तर दाईत्वका काम गर्दै आएको र यस वर्ष आम जनमानसमा रत्तदानको वारेमा सचेतना गराउने उदेस्यले राखेको रक्तदानमा ५७ युनिट रगत संकनल भएको सस्थाका ब्यवस्थापक सरोज कुवँरले जानकारी दिएका छन् ।
पहिलो रत्तदाता सस्थाका सेयर सदस्य शंकर थापालाई बल्ड ब्याग हस्तान्त्रण गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति उर्मिला खड्काले रत्तदानको महत्व र उपयोगित एवंम रत्तदानबाट वन्न सकिने निरोगीताका बारेमा आम जनमानसमा पु¥याउने हो भने वजारमा कहिल्यै पनि रगतको अभाव नहुने वताएकी थिए ।
संस्थाका अध्यक्ष सप्त बहादुर जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष धु्रवबाबु भट्टराई लगाएतले रत्तदान गर्नु पर्छ भन्ने भास्य समाजका हरेक वर्गमा पु¥याउने पर्ने सुझाव राखेका थिए ।
सस्थाका उपाध्यक्ष सुवास खड्काले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन संस्थाकी सचिव ज्योति के.सी.ले गरेकी थिईन ।






Discussion about this post