• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

Ramsharan Nepali by Ramsharan Nepali
February 3, 2026
in राजनीति, समाचार, स्थानीय
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

२० माघ, पोखरा । प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानिय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा सुझाव संकलन अभियानलाई मंगलबार पनि निरन्तरता दिएका छन्। “स्थानियसँग संवाद यात्रा” अन्तर्गत मंगलबार पोखरा महानगरपालिका भित्र विभिन्न टोल–बस्तीमा कार्यक्रम सम्पन्न भएको छ भने बुधबार रुपा गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम तय गरिएको छ।

निर्धारित कार्यतालिका अनुसार मंगलबार बिहान वडा नम्बर १४ को विजय बस्तीमा स्थानियसँग संवाद गरिएको छ । त्यसपछि वडा नम्बर २८ अन्तर्गत माझठाना, सौर्य, रैकर, स्याङखुदी र खरानेफाँट क्षेत्रमा दिउँसोदेखि साँझसम्म संवाद यात्रा तथा छलफल कार्यक्रम सञ्चालन गरिएको कास्की क्षेत्र नम्बर १ का चुनावी कमाण्डर श्रीकृष्ण न्यौपानेले जानकारी दिए ।

संवादका क्रममा स्थानियले राजनीतिक अस्थिरताले आजित बनेको गुनासो गरे । उनीहरुले नयाँ दल पुराना जस्तो नहुने प्रतिवद्धता जनाए मत जाहेर गर्ने विश्वास दिलाएको रास्वपा कास्की १ का क्षेत्रिय संयोजक श्रवण जम्मरकट्टेलले बताए ।

रास्वपा कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले जनतासँगको प्रत्यक्ष संवादले आफुलाई थप उर्जा थपेको बताए । उनले स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर केन्द्रमा नीति निर्माणमा समेट्ने, योजना निर्माण, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

रास्वपाको क्षेत्रीय समिति अनुसार बुधबार रुपा गाउँपालिकामा संवाद यात्रा सञ्चालन हुनेछ। बिहान ८ बजे खोलाको छेउ, १० बजे तालबेसी, दिउँसो १२ बजे काउरे, २ बजे हंसपुर र साँझ ४ बजे हाँस पोखरी क्षेत्रमा स्थानियसँग भेटघाट तथा सुझाव संकलन कार्यक्रम तय गरिएको छ।

Previous Post

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

Next Post

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

गणेश मालिकामा चौंथो खुला वादविवाद प्रतियोगिता
शिक्षा

गणेश मालिकामा चौंथो खुला वादविवाद प्रतियोगिता

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन
अर्थ खबर

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न
शिक्षा

कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयको ६३ औँ वार्षिकोत्सव सम्पन्न

नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि
खेलकुद

नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि

राईजिङ्ग स्टार युथ क्लवले नवौं वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने
खेलकुद

राईजिङ्ग स्टार युथ क्लवले नवौं वडा स्तरीय भलिबल प्रतियोगिता गर्ने

Next Post
क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन

क्षत्रशक्ति सहकारीको रक्तदानमा ५७ युनिट रगत संकलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?