• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

१७ औं प्याब्सन स्पोर्टस मिटको उद्घाटन, समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य–मन्त्री पौडेल

Lekhnath Khabar by Lekhnath Khabar
December 11, 2022
in खेलकुद
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, मंसिर २५ । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कास्कीद्वारा आयोजित १७ औं प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन सम्पन्न भएको छ ।

पोखरा रंगशालामा आइतबार आयोजित एक भब्य समारोहका विच संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पौडेलले समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य रहने कुरामा जोड दिए । उनले भने–‘जसरी शिक्षा बिना समाज विकासको परिकल्पना गर्न सकिंदैन त्यसरी नै समाजमा अनुशासन कायम गर्ने संगै स्वास्थ्यका लागि समेत खेलकुदको विकास आवश्यक छ ।’

मुलुकको अग्रगामी बिकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै, विशेष गरी उच्च तहका शिक्षण संस्थाहरु थप जिम्मेवारी बहन गर्न आवश्यक रहेको उनले औंल्याए । शिक्षा संगै शिपको विकास र अध्ययन लाई रोजगार संग जोड्नु पर्ने बताउँदै मन्त्री पौडेलले भोलीका कर्णधारहरुको भविष्य सुनिष्चित गर्न तिनै तह गर्न शिक्षण पद्धतीलाई सुधार गर्नु पर्ने बताए । उनले भने–‘शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्य छ ।’

शिक्षण संस्थाहरुमा तालावन्दी गर्ने र बन्द गर्ने जस्ता कुराहरुलाई रोक्न आग्रह गर्दै कानुनमा कुनै अवरोध भए त्यसको समाधान गर्न सरकार गम्भिर भएर अघि बढ्ने मन्त्री पौडेलले बताए । सबै नगरिकहरु जिम्मेवार भए नेपाली शिक्षण संस्थाहरु सुधार गर्ने अभियानमा साथ र सहयोग गर्न पनि उनले जोड दिंदै उनले नेपाली शिक्षण संस्था विरुद्ध भइरहेका अनर्गल प्रचार बन्द गन समेत आग्रह गरे । ‘सबै मिलेर नै नेपालको शिक्षामा सुधार ल्याउन सकिन्छ त्यसका लागि सबै निजी शिक्षण संस्थाहरु समेत एक जुट भएर अघि बढ्न म आह्वान गर्दछु’, उनले भने ।

प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा, गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसद बेद बहादुर गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्रो.डा प्रेम नारायण अर्याल, प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारी लगायतले अुनशासन र कृयाशिलताका लागि खेलकुद अपरिहार्य रहने बताएका थिए ।

उद्घाटन अवसरमा कास्की प्याब्सन संग आवद्ध ५२ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्च पासमा रेन्वो एकेडेमी होम्स पहिलो भएको छ । त्यसै गरी मेरी गोल्ड दोश्रो, पोखरा लनर्स तेश्रो स्थान हात पार्दा हाभर्ड मावि, हिल पोइन्ट मावि, ढुङ्गेसाँघु मावि तथा विन्द्येश्वरी माविले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

आइतबार नै सम्पन्न एथलेटिक्स प्लस टु छात्र १५०० मिटर दौडमा करुणानिधीका बिबेक परियार प्रथम, प्रतिभा सेकेण्डरी होम बहादुर अधिकारी द्वितिय र सृजना सेकेण्डरीका सन्दिप श्रेष्ठ तृतिय भएका छन् । प्लस टु ८०० मिटर छात्रातर्फको दौडमा स्नो भ्यू माविकी पार्वती श्रेष्ठ प्रथम, बेथानीकी रोमिना गुरुङ द्वितिय र प्रतिभा सेकेण्डरीकी ऐरिना पुर्जा तृतिय हुन सफल भए ।

एथलेटिक्सतर्फका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद बेद बहादुर गुरुङ, प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसी, केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र भलिबलतर्फ आइतबार ८ खेल सम्पन्न भएको भलिबल संयोजक नविन बरालले जानकारी दिएका छन् । सम्पन्न प्रतियोगिता गुरुकुलले प्रतभालाई २–० को सोझो सेटमा पराजित गर्दा पोखरा पव्लिकले एक्स आर्मीलाई २–० ले, पश्चिमाञ्चलले ताराकुञ्जलाई २–० ले, सृजनाले कुमुदिनीलाई, माउन्ट अन्नपूर्णले बेथानीलाई, टप्सले सबलाइमलाई, केफले गोल्डन नेचरलाई २–० को सोझो सेटमा पराजित गरेका छन् भने हाभर्डले भास्करलाई २–१ को सेटमा पराजित गर्न सफल भएको छ ।

प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ ।

त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् ।

कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ ।

१७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।

 

Previous Post

साना किसान कृषि सहकारीको साधारण सभा

Next Post

जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको दाेस्राे सार्बजनिक सुनुवाईसंगै उत्पादित बस्तु बजारमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु
खेलकुद

डायमण्ड रनिङ सिल्ड २०८२ शुरु

शुक्रबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने
खेलकुद

मंसिर १३ गते शनिबार बेगनासतालमा ‘एक्सटेरा नेपाल २०२५’ हुने

लेउवा संघका ब्यवसायीहरु विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता
खेलकुद

लेउवा संघका ब्यवसायीहरु विच मैत्रिपुर्ण भलिवल प्रतियोगिता

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई
खेलकुद

बेगनास कपको उपाधि मिक्कि एफ सि लाई

Next Post
जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको दाेस्राे सार्बजनिक सुनुवाईसंगै उत्पादित बस्तु बजारमा

जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको दाेस्राे सार्बजनिक सुनुवाईसंगै उत्पादित बस्तु बजारमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?