लेखनाथ , असोज २५ –
कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र नेकपा एमालेको तर्फबाट एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ बीच प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेसले क्षेत्र नम्बर १ बाट जिल्ला सभापति समेत रहेका बराललाई उम्मेदवार उठाउने निर्णय गरेको हो भने एमालेले जिल्ला अध्यक्ष गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री खगराज अधिकारी र पूर्वमन्त्री यज्ञबहादुर थापाका बीचमा प्रतिस्पर्धा भएको थियो । थापालाई पराजित गर्दै एमालेका अधिकारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
अहिले अधिकारी प्रदेश सभा तर्फ ओर्लिएका छन् । उनी क्षेत्र नम्बर १ को ‘क’ बाट प्रदेशसभामा माओवादी केन्द्रका दिपक कोइरालासंग प्रतिस्पर्धाका लागि उम्मेदवार बन्दैछन् ।
यस अगाडि यज्ञ थापा र खगराज अधिकारी बीचको प्रतिस्पर्धालाई रोचक प्रतिस्पर्धाको रुपमा हेरिएको थियो भने अहिले जिल्ला सभापति बराल र जिल्ला अध्यक्ष गुरुङ बीच हुने प्रतिस्पर्धालाई पनि रुचि पूर्वक हेरिएको छ ।
Discussion about this post