लेखनाथ, १५ चैत्र । गण्डकी मिजार माजको अध्यक्षमा पुनः तेज बहादुर नेपाली चयन भएका छन । शनिबार सम्पन्न संस्थाको आठौं साधारण सभा तथा चौंथो अधिवेशनले नेपालीलाई पुनः २ वर्षको लागी अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा मान बहादुर चर्माकार, उपाध्यक्षमा मिन बहादुर लम्साल, सचिवमा मिस्टर नेपाली, सह–सचिवमा भविराज बोहोरा, कोषाध्यक्षमा सन्तोष नेपाली, सह–कोषाध्यक्षमा सन्तोष बोहोरा चयन भएका छन ।
यस्तै अधिवेशनले सदस्यहरुमा राजन लम्साल, सोभा लम्साल, भिम ब. बोहोरा, हरि गैरेपिप्ले, पार्वती हरिजन र कोपिला लम्साल लाई चयन गरेको छ ।
नयाँ कार्यसमिति चयनको लागी गोपाल नेपालीको संयोजकत्वमा प्रेम दवाडी र पुर्ण ब नेपाली सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अन्नपुर्ण मिजार समाज पोखरा–१३ का अध्यक्ष शंकर नेपालीले समाजको एकतालाई सदा कायम राख्दै आपसी आत्मियता, सद्भाव र सहकार्यलाई अगाडी वढाउन आग्रह गरेका थिए ।
कार्यक्रममा धादिङ पोखरा लेखनाथ कल्याणकारी समाजका अध्यक्ष प्रम दवाडी, समाजका निवर्तमान अध्यक्ष गोपाल नेपाली, संस्थापक अध्यक्ष पुर्ण ब. नेपाली, गण्डकी मिजार समाज आमा समुहकी कोषाध्यक्ष शोभा चर्माकार लगायतले बोलेका थिए ।
समाजको वार्षिक प्रगती प्रतिवेदन सचिव मिस्टर नेपालीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोषि नेपालीले प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष तेज ब. नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मिस्टर नेपालीले गरेका थिए ।






Discussion about this post