लेखनाथ, १४ चैत । पोखरा महानगरपालिका वडा नं २६ र २७ अन्तर्गत रहेको अर्घौ पौवा नेवाः खलको १२ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले डिल लाल राजबंशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अगामी दुई वर्षका लागि उपाध्यक्ष पदमा रहेका राजवंशीलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन हो । यसैविच संस्थाको नवगठित समितिको उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, सचिवमा जयराम राजभण्डारी र कोषाध्यक्षमा गणेश राजबंशी चयन भएका छन् भने समितिको सदस्यमा दुर्गामान श्रेष्ठ, सुनिल श्रेष्ठ, रमा श्रेष्ठ, दिपा श्रेष्ठ, जपना श्रेष्ठ, कल्पना श्रेष्ठ, लक्ष्मी श्रेष्ठ,भुमिका श्रेष्ठ र तिल बहादुर श्रेष्ठ रहेका छन्। । सोही भेलाले समितिको सल्लाहकारमा सस्थापक अध्यक्ष चन्द्रगोपाल श्रेष्ठ, पुर्व अध्यक्ष मोतीकाजी श्रेष्ठ, चन्द्रकृष्ण कर्माचार्य, हरि कुमार श्रेष्ठ र मधुरा कुमार श्रेष्ठलाई चयन गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थापक अध्यक्ष चन्द्र गोपाल श्रेष्ठले अर्र्घौ पौवाको ऐतिहासिक पृष्ठ भूमिका बारे प्रकाश पारे । उनले वि.सं १९९० सालमा अर्र्घौ पौवा बजार क्षेत्रमा करिब १२५ घरधुरी नेवार समुदायको बसोबास रही व्यापार व्यवसाय फस्टाएको बताए । त्यतिबेला संस्कार र संस्कृति निकै समृद्ध रहेको उल्लेख गर्दै उनले पछि हैजाको महामारीका कारण बस्ती उजाड भएको इतिहास स्मरण गराए ।
उनका अनुसार बाँकी रहेका स्थानीय बासिन्दाले बाघजात्रा, भजन, गाइजात्रा र लाखेनाच जस्ता सांस्कृतिक गतिविधिको सुरुवात कास्की जिल्ला मै पहिलो पटक गरेको बताए । साथै एकादशी, पूर्णिमा, तीज, जनैपूर्णिमा लगायतका पर्वमा कृष्णजात्रा जस्ता परम्परागत नृत्य देखाउदै आएको उनको भनाई थियो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले नेवार समुदायले भाषा, संस्कृति र चाडपर्व संरक्षणमा ठूलो योगदान दिएको उल्लेख गर्दै युवा पुस्तालाई उद्यमशील बनाउँदै वैदेशिक पलायन रोक्न आवश्यक रहेको बताए ।
संस्थाका अध्यक्ष प्रकाशलाल श्रेष्ठले नेवार समुदायमा जन्म देखि मृत्यु सम्मका संस्कारहरू समृद्ध रहेको बताउँदै संस्थाको इतिहास देखि हालसम्मको अवस्थका वारेमा जानकारी गराए । उनले संस्कार र संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक भीमसेन मन्दिरको संरक्षणमा लाग्न आग्रह गरे ।
कार्यक्रममा लेखनाथ नेवाः खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, लेखनाथ मिसाः पुचकी अध्यक्ष मिना कुमारी श्रेष्ठ, लामगादी नेवाः खलका अध्यक्ष कृष्णकुमार श्रेष्ठ तथा सल्लाहकार मथुरा कुमार श्रेष्ठ, सल्लाहकारमा मोहनलाल जोशी लगायतले संस्थालाई थप सशक्त बनाउन सबैले सक्रिय भूमिका खेल्नु पर्ने धारणा राखेका थिए ।
बिबिध साँस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव बालगोपाल श्रेष्ठले गरेका थिए भने कोषाध्यक्ष रेश्मा श्रेष्ठले आय–व्यय विवरण प्रस्तुत गरेकी थिईन । सोही अवसरमा संस्थागत विकासमा योगदान पु¥याउने सदस्य तथा तयामचा नृत्य प्रस्तुत गर्ने कलाकारहरूलाई सम्मान गरिएको थियो ।






Discussion about this post