• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन बढ्दो, ७ सय जना पीडित

Ramsharan Nepali by Ramsharan Nepali
March 26, 2026
in समाचार, समाज, स्थानीय
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
पोखरा, ११ चैत्र । गण्डकी प्रदेशमा सन् २०२५ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा उल्लेखनीय वृद्धि भएको देखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष पीडितको संख्या उल्लेख्य रूपमा बढेको छ।

इन्सेकका अनुसार वर्ष २०२५ मा गण्डकी प्रदेशमा कुल ७ सय जना मानवअधिकार उल्लंघनबाट पीडित भएका छन्। तीमध्ये राज्य पक्षबाट ५६ जना र अन्य पक्षबाट ६ सय ४४ जना पीडित भएका हुन्। अघिल्लो वर्षको तुलनामा यो संख्या १ सय ९६ जनाले बढी हो।

इन्सेकले यस वर्ष पीडित संख्या बढ्नुको मुख्य कारण नवयुवाहरूले सञ्चालन गरेको आन्दोलन रहेको जनाएको छ। उक्त आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनीमा परी ३ जनाको मृत्यु भएको थियो भने १ सय ३१ जना घाइते भएका छन्। घाइतेमध्ये २७ जना प्रहरीको गोली, गोलीका छर्रा र लाठीचार्जबाट घाइते भएका थिए।

आन्दोलनका क्रममा कारागार तथा सुधार गृहबाट कैदी बन्दी फरार हुने घटनासमेत देखिएको छ। विभिन्न कारागारबाट ९ हजार ६४ जना फरार भएको विवरणमा उल्लेख छ, जसमध्ये अझै २ सय १७ जना फरार रहेका छन्। बालसुधार गृहबाट पनि ९८ जना फरार भएकोमा ११ जना अझै सम्पर्कविहीन छन्।

यस अवधिमा १ सय ७१ जना घाइते, ४ सय १६ जना महिला अधिकार उल्लंघनबाट पीडित, १२ कुटपिट र ७ धम्कीका घटना अभिलेख गरिएको छ। साथै एक जनाको कारागारमा मृत्यु भएको तथा जातीय विभेदको एक घटना समेत दर्ता गरिएको छ।

महिला हिंसाका घटनामा घरेलु हिंसा प्रमुख रूपमा देखिएको छ। तथ्याङ्क अनुसार ३ सय ७२ जना महिला घरेलु हिंसाबाट पीडित भएका छन् भने ३१ जना बलात्कारका घटनामा र ३ जना यौन दुव्र्यवहारमा परेका छन्। परिवारजनबाट ८ जनाको हत्या तथा बोक्सी आरोपसम्बन्धी एक घटना पनि अभिलेख गरिएको छ।

बालअधिकार उल्लंघनका घटनामा पनि वृद्धि देखिएको छ। यस वर्ष ७३ जना बालबालिका पीडित भएका छन्। तीमध्ये ५० जना बलात्कारका घटनामा, १८ जना यौन दुव्र्यवहारमा तथा ५ जना विद्यालयमा दिइएको दण्ड सजायबाट पीडित भएका छन्।

त्यस्तै, आन्दोलनका क्रममा गण्डकी प्रदेशमा ठूलो भौतिक क्षति समेत पुगेको छ। सरकारी तथा निजी संरचनामा आगजनी र तोडफोड हुँदा ५ सय ८६ वटा संरचनामा क्षति पुगेको इन्सेकले जनाएको छ।

मानवअधिकारको अवस्था सुधार गर्न राज्य र सरोकारवाला निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

मानवाधिकार प्रत्याभुत गराउन प्रदेश सरकार दृढ : स्वास्थ्य मन्त्री पाठक

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जनतामा मानवाधिकार प्रत्याभुत गराउन प्रदेश सरकार दृढ रहेको वताएका छन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पाठकले मानव अधिकार प्रत्येक नागरिकको नैर्सगिक अधिकार भएको वताउँदै यसको हननका घटनाहरुको न्यायिक छानबिन गर्न, दोषीलाई कारवाही गर्न र पिडितलाई न्याय दिने विषयमा प्रदेश सरकार दृढ रहेको वताए ।

मन्त्री पाठकले नागरिक समाज, मानव अधिकारकर्मी एवं ईन्सेक जस्ता संस्थाहरुले निगरानी र खबरदारी कायम गर्दै सरकारलाई घचघच्याईरहेका कारण मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना न्यूनिकरणमा उल्लेख्य टेवा पुगेको दावी गरेका थिए ।

उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गर्तौलाले मानव अधिकार हननका घटनामा पिडितलाई न्याय दिने र पिडकलाई कारवाही गर्ने सवालमा न्याय प्रशासन चुनौतिपुर्ण रहेको वताईन ।

उनले कतिपय घटनामा वास्तविक अनुसन्धान हुनुपर्नेमा आफु अनुकुलको अनुसन्धानका लागी दवाब र प्रभाव पार्ने प्रवृति देखीएको भन्दै यस्तो कार्य रोकिनुपर्नेमा जोड दिएकी थिईन ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी, जिल्ला समन्वय समिति प्रमुख नवराज बराल, मानव अधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष ध्रुव खड्का, गैरसरकारी संस्था महासंघकी अध्यक्ष ईन्दिरा पौडेल, मानवधिकार एलायन्स गण्डकी प्रदेशका अध्यक्ष डा. बुद्धि ब. थापा,  नियोकका संयोजक विष्णुप्रसाद बराल, मानवधिकार दलित सशक्तिकरण नेपालका अध्यक्ष ईश्वरी बि.क, उच्च बार महिला समिति सदस्य इश्वरी पौडेल, फेडो गण्डकी प्रदेश अध्यक्ष सुमित्रा गायक, मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरी ढुंगाना, मानव अधिकारका लागि एकल महिला समूह कास्कीका उपाध्यक्ष जुना केसी लगायतले बोलेका थिए ।

Previous Post

पोखरा देखि गोर्खासम्म मनोक्रान्ती शान्ति पदयात्रा सुरु

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा देखि गोर्खासम्म मनोक्रान्ती शान्ति पदयात्रा सुरु
समाचार

पोखरा देखि गोर्खासम्म मनोक्रान्ती शान्ति पदयात्रा सुरु

एनआईएमबी बैंकद्वारा सिर्जना बहिरामा पोशाक सहयोग
समाचार

एनआईएमबी बैंकद्वारा सिर्जना बहिरामा पोशाक सहयोग

त्रिवेणी इन्टरनेशनल कलेजद्वारा बृहत रक्तदान कार्यक्रम
समाचार

त्रिवेणी इन्टरनेशनल कलेजद्वारा बृहत रक्तदान कार्यक्रम

रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग
समाचार

रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग

ग्लोबल मनी विकको अवसरमा एनआईसी एशियाको वित्तिय साक्षरता
अर्थ खबर

ग्लोबल मनी विकको अवसरमा एनआईसी एशियाको वित्तिय साक्षरता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?