• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा देखि गोर्खासम्म मनोक्रान्ती शान्ति पदयात्रा सुरु

Lekhnath Khabar by Lekhnath Khabar
March 22, 2026
in समाचार
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ८ चैत्र
बिकाशानन्द फाउन्डेसन विश्व परिवार गण्डकी प्रदेशको आयोजनामा पोखरा देखि गोर्खासम्म १ सय २५ किलोमिटरको मनोक्रान्ती शान्ति पदयात्रा आईतवार देखि सुरु भएको छ ।

मानव जीवनको वास्तविक सार शान्ति, प्रेम, करुणा र सहअस्तित्वमा लगाएत बढ्दो तनाव, असन्तुलन र विभाजनको बीच मानव हृदयमा पुनः शान्ति, सद्भाव र आध्यात्मिक चेतना जागृत गराउने र विश्व शान्तिको कामना गर्दै मनोक्रान्ती शान्ति पदयात्रा सुरु गरिएको हो ।

पवित्र पदयात्रा पोखरा महानगरपालिका–२३ स्थित बराङ्ग आश्रमबाट चैत्र ८ गते देखि प्रारम्भ भई गोरखा जिल्लाको ऐतिहासिक आस्था केन्द्र गोरखकाली मन्दिरमा चैत्र १३ गते विशेष प्रार्थना ध्यान, ज्ञान, योग तथा समापन हुने बिकाशानन्द फाउन्डेसन गण्डकीका सचिव प्रकाश पन्तले जानकारी दिएका छन् ।

प्रकृतिको काखमा पाइला चाल्दै ध्यान, जप, प्रार्थना, मौन साधना र आत्मचिन्तनको भावनासहित सम्पन्न हुने पद यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई मानव आत्माको जागरण, समाजमा प्रेम, सद्भाव र एकताको सन्देश फैलाउने एक आध्यात्मिक अभियान रहने बताईएको छ ।

विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको पदयात्राको शुभारम्भ गर्दै मनोक्रान्ति प्रणेता डा.योगी विकासानन्दले “मनको क्रान्तिबिना बाहिरी क्रान्ति अधुरो हुन्छ र मनको शान्तिबिना बाह्य शान्ति सम्भव हुँदैन। यही सत्य आत्मसात गर्दै यो पदयात्राले व्यक्तिको अन्तरात्मामा शान्तिको ज्योति प्रज्वलित गर्दै समाजमा सकारात्मक ऊर्जा, नैतिकता र मानवीय एकताको भावना प्रवाह गर्ने लक्ष्यका साथ आयोजना गरेको बताए ।

एक हप्ते मनोक्रान्ती पदयात्रामा सहभागीहरुलाई आईवार लेखनाथमा स्वागत गर्दै योग तथा ध्यान कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा योगी विकासानन्दले दुःखमा पनि सुख खोज्नु नै पदयात्राको मुख्य लक्ष्य रहेको बताएका थिए भने कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका उप सचिव घनश्याम पौडेलले स्वस्थ जिवन शैली अपनाउनका लागि योग, ध्यान र प्रणाय अहिलेको बदलिलो समयको माग रहेको बताए ।

 

May be an image of one or more people and road

Previous Post

एनआईएमबी बैंकद्वारा सिर्जना बहिरामा पोशाक सहयोग

Next Post

गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन बढ्दो, ७ सय जना पीडित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीज सप्ताहः सिप, सेवा र सचेतना अभियान
समाचार

पोखरा लेडी जेसीज सप्ताहः सिप, सेवा र सचेतना अभियान

पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विहिबार “वेस्ट द स्पिड सेसन ३” हुने
समाचार

पोखरामा क्रिकेट प्रतिभा पहिचान र प्रोत्साहनका लागि विहिबार “वेस्ट द स्पिड सेसन ३” हुने

महासंघको केन्द्रिय सदस्यमा आत्रेयको उम्मेद्वारी
समाचार

महासंघको निर्वाचनमा कास्कीबाट कोईराला, भट्टराई र आत्रेयको उमेदवारी

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता
समाचार

पोखरा २१ का एमाले अध्यक्ष थापा भन्छन्—बुद्धका उपदेश, श्रमिकको सम्मान र प्रकृतिप्रतिको कृतज्ञता आजको आवश्यकता

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस
समाचार

पुर्व राष्ट्रसेवक तथा नागरिक संघले मनायो दोश्रो स्थापना दिवस

Next Post
गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन बढ्दो, ७ सय जना पीडित

गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन बढ्दो, ७ सय जना पीडित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?