लेखनाथ, चैत्र ८
एनआईएमबी बैंकले पोखरा महानगरपालिका वडा नं २६ मा रहेको सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक बितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले लेखनाथ शाखा मार्फत बहिरा विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेको हो । विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष नरेन्द्र थापाले बित्तिय संस्थाले सामाजिक उत्तरदायित्व मार्फत कम अवसर प्राप्त भएका नागरिकका लागि सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष थापाले वित्तिय संस्थाहरुसँग सिसि क्यामेरा, सडक बत्ती र डिजिटल बैंकिङका क्षेत्रमा स्थानीय सरकारको तर्फबाट वडाले सहकार्य गर्न सक्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा एनआईएमबी बैंक लिमिटेड अर्घौ शाखाका प्रमुख प्रकाश सिग्देलले शिक्षाको क्षेत्रमा संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई पोशाकमा सहयोग गरेको उल्लेख गर्नु भयो ।
विद्यालय व्यवस्थपन समितिका निर्वतमान अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, निमित्त प्रधानाध्याक राजेन्द्र शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक नवराज अधिकारीले गर्नु भएको थियो ।







Discussion about this post