• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

एसईईमा सहभागी हुने परीक्षार्थीका लागि निःशुल्क सेनेटरी प्याड व्यवस्थापन

Ramsharan Nepali by Ramsharan Nepali
April 1, 2026
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १७ चैत्र । लेखनाथ जेसीजद्वारा एस.ई.ई. परीक्षा २०८२ मा सहभागी हुने छात्राहरूलाई लक्षित गरी लेखनाथ जेसीजले निःशुल्क सेनेटरी प्याड व्यवस्थापन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । किशोरीहरूको स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिँदै आयोजना गरिएको उक्त कार्यक्रमले परीक्षा अवधिमा छात्राहरूलाई सहज वातावरण सिर्जना गर्ने उद्देश्य राखेको थियो।

कार्यक्रम अन्तर्गत लक्ष्मी मा.वि., लक्ष्मी आदर्श मा.वि., गगन मा.वि., बह्मरुपा मा.वि., जनप्रकाश मा.वि., त्रिभुवन शान्ति मा.वि. तथा भवानी कालिका मा.वि. मा निःशुल्क सेनेटरी प्याड व्यवस्थापन गरिएको हो । विद्यालयस्तरमै पुगेर सामग्री वितरण गरिएको यस पहललाई विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले सकारात्मक रूपमा लिएका छन्।

लेखनाथ जेसीजका अध्यक्ष सर्बिन्द्र न्यौपानेले कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ र समर्थन प्रदान गर्ने सम्पूर्ण महानुभावहरू तथा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यालय परिवारप्रति विशेष आभार व्यक्त गरेका छन्। उनले यस्ता सामाजिक तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तरता दिइने जानकारी दिएका छन्।

स्थानीय तहमा किशोरी स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यसहित गरिएको यो कार्यक्रमलाई उदाहरणीय सामाजिक पहलका रूपमा लिइएको छ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार देखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुने छ।

चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म चल्ने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन ।

Previous Post

गण्डकी मिजार समाजको अध्यक्षमा पुनः तेज

Next Post

संयुक्त गोर्खा भु.पु. क्लबको १७ औं वार्षिकोत्सव सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

संयुक्त गोर्खा भु.पु. क्लबको १७ औं वार्षिकोत्सव सम्पन्न
समाचार

संयुक्त गोर्खा भु.पु. क्लबको १७ औं वार्षिकोत्सव सम्पन्न

गण्डकी मिजार समाजको अध्यक्षमा पुनः तेज
समाचार

गण्डकी मिजार समाजको अध्यक्षमा पुनः तेज

अर्घौ पौवा नेवाः खलको अध्यक्षमा राजबंशी
समाचार

अर्घौ पौवा नेवाः खलको अध्यक्षमा राजबंशी

गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन बढ्दो, ७ सय जना पीडित
समाचार

गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन बढ्दो, ७ सय जना पीडित

पोखरा देखि गोर्खासम्म मनोक्रान्ती शान्ति पदयात्रा सुरु
समाचार

पोखरा देखि गोर्खासम्म मनोक्रान्ती शान्ति पदयात्रा सुरु

Next Post
संयुक्त गोर्खा भु.पु. क्लबको १७ औं वार्षिकोत्सव सम्पन्न

संयुक्त गोर्खा भु.पु. क्लबको १७ औं वार्षिकोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?