• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home Uncategorized

सर्वेश्वर सहकारीको निशुल्क स्वास्थ्य शिविर

Lekhnath Khabar by Lekhnath Khabar
October 30, 2021
in Uncategorized
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली, कार्तिक १३, लेखनाथ ।
सर्वेश्वर वचत तथा ऋण सहकारी संस्था लि. पोखरा–२७ डाँडाको नाकले आफ्नो सामाजीक उत्तरदायित्व कार्यक्रम अन्र्तगत शनिबार निशुल्क दन्त तथा आँखा शिविर सम्पन्न गरेको छ ।

संस्थाको आयोजना एवं एन ए ओ गण्डकी प्रदेश र केबीन न्यू होराईजन डेण्टल केयर सेन्टरको प्राबिधिक सहयोगमा पोखरा–२७ आवासनगरमा सञ्चालित शिविरमा ३१५ जनाको आँखा तथा दाँतको परिक्षण गरिएको छ । परिक्षण मध्ये १६८ जनाको आँखाको परिक्षण गरिएको थियो चने १४७ जनाको दन्त परिक्षण गरिएको थियो । शिविरमा गरिएको परिक्षण मध्येबाट तत्काल अस्पताल रिफर गर्नुपर्ने खालका समस्या नदेखीएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्गले स्वास्थ्य रहेसम्म जिवनमा अन्य कुराहरु गर्न सक्ने भएकाले आफ्नो स्वास्थ्यको विषयमा सबै नागरिक सचेत रहनुपर्नेमा जोड दिएका थिए ।

उनले सहकारीले आफ्ना सदस्यहरु सहित अन्य सर्वसाधारणहरुको समेत स्वास्थ्यलाई ध्यानमा राख्दै कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए । उक्त अवसरमा वडाध्यक्ष गुरुङ्गको समेत दन्त परिक्षण गरिएको थियो ।

कार्यक्रममा केबीन न्यू होराईजन डेण्टल केयर सेन्टरका डा. लक्ष्य बहादुर कुमालले मानव स्वास्थ्यमा दाँत मुखको भुमिकामा प्रकाश पारेका थिए ।

संस्थाका अध्यक्ष चक्र बहादुर शाहिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डम्बर प्रसाद बाँस्तोलाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव अमृता बाँस्तोलाले गरेकी थिईन ।

Previous Post

नौबिसे सहकारीको सार्वजनिक सुनुवाई सम्पन्न

Next Post

सेभेन लेक कृषि सहकारीको अध्यक्षमा तिमिल्सीना

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने
Uncategorized

पोखरा लेडी जेसीजले विविध कार्यक्रमका साथ जेसिज सप्ताह मनाउने

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
Uncategorized

लेखनाथ महोत्सवको सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न
Uncategorized

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ
Uncategorized

बेगनास बराह क्षेत्र निर्माण समिति गठन, अध्यक्षमा ध्रुबनाथ

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम
Uncategorized

लेखनाथ जेसीजको आयोजनामा उम्मेदवारसँग ककस कार्यक्रम

Next Post
सेभेन लेक कृषि सहकारीको अध्यक्षमा तिमिल्सीना

सेभेन लेक कृषि सहकारीको अध्यक्षमा तिमिल्सीना

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?