कार्तिक १३, लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ स्थित सेभेन लेक कृषि सहकारी अध्यक्षमा रामचन्द्र तिमिल्सना चयन भएका छन । संस्थाको सातौ वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले तिमिल्सिनालाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा कुशराज तिमिल्सिना, सचिबमा सुबिन तिमिल्सिना र कोषाध्यक्षमा कृष्ण प्रसाद अधिकारी, सदस्यहरुमा ध्रुब थापा, कुमार बहादुर क्षेत्री र सुजा गुरुङ लाई चयन गरेको छ ।
यस्तै संस्थाको लेखा समिति संयोजकमा राजु अधिकारि र सदस्यमा कर्ण बहादुर भुजेल र जुना देबकोटालाई समेत चयन गरिएको छ ।
साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले सहकारी सहकारी विच कार्यगत एकता गरि सामुहिक लगानीमा उत्पादनशिल क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले यहाँ रहेका सहकारीहरु संगठीत भएर कार्यगत एकता आवश्यक रहेको विचार राखेका थिए भने संस्थाका सल्लाहकार सोमलाल कँडेलले सहकारीको मुल्य र मान्यता अनुसार अगाडी वढ्न नसकेकाले समय परिवेश अनुरुप आफना सेवालाई परिमार्जन गर्दै अगाडी वढ्नु पर्ने आवश्यकता औल्याएका थिए ।
कार्यक्रममा छिमेकी सहकारीहरुको तर्फबाट लक्ष्मीप्रसाद त्रिपाठी, सुर्य भण्डारी, सल्लाहकार विष्णु पुन र लेखा समितिका संयोजक राजु अधिकारी लगायतले आफनो भनाई व्यक्त गरेका थिए ।
उक्त अवसरमा संस्थाका सेयर सदस्य विभिन्न सामाजिक क्षेत्रमा निर्वाचित भएकोमा जिवन तिवारी, विष्णु पुन, सुविन तिमिल्सीना, उत्कृष्ठ कर्मचारी तर्फ सुभाष थापा, उत्कृष्ठ कृर्षक तर्फ शिव कुमार पौडेल, जेष्ठ सेयर सदस्य प्रमोद पौडेल, उत्कृष्ठ बचतकर्ता तर्फ विकाश गौतम र असल ऋणिमा दुर्गा रानाभाटलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुविन तिमिल्सीना र स्वागत मन्तव्य उपाध्यक्ष कुशराज तिमिल्सीनाले गरेका थिए ।
सहकारीले छोटो समयमा एक हजार एक सय ७९ शेयर सदस्यहरुबाट दुई करोड ७८ लाख ४८ हजार सेयर पुजी बनाउन सफल भएको छ ।
Discussion about this post