रामशरण नेपाली
कार्तिक १३, लेखनाथ ।
लेखनाथ सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा पोखरा–२७ ले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा ह्विल चेयर सहयोग स्वरुप प्रदान गरेको छ ।
संस्थाले अपाङ्गता र दुर्घटनाका कारण दुवै खुट्टा निष्क्रिय भई हिंडडुल गर्न नसक्ने पोखरा २७ का लोकनाथ सापकोटालाई ह्विल चेयर र नगद सहयोग स्वरुप प्रदान गरेको हो ।
कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथि एवं ईलाका प्रहरी कार्यालय डाँडाको नाकका ईन्सपेक्टर मेघनाथ चापागाईले सामुदायीक सेवा केन्द्र र प्रहरी विचको सहकार्यका कारण विभिन्न खालका सामाजिक विकृति र दुर्घटनाहरुलाई धेरै हदसम्म नियन्त्रण गर्न सहल भएको वताएका थिए ।
चापागाईले संस्थाले गरेको कार्यको प्रशंसा गर्नुका साथै आगामी दिनहरुमा पनि यस्तै सामाजी कार्य गर्न सफल रहोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश ओझाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण अधिकारीले गरेका थिए ।
यसैविच स्थापना दिवसकै अवसरमा संस्थाले शनिबार नै कार्यलय परिसरमा दिपावली गर्नुका साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष मोती गिरी, वडा नं ३० का वडा सदस्य सोमलाल कँडेल लगायतले विभिन्न सामाजिक कार्य एवं सचेतनामुलक कार्यक्रमको माध्यमबाट विकृति विसंगती रहित समाज निर्माणको लागी संस्थाले उत्कृष्ठ भुमिका खेल्न सकोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।
Discussion about this post