सुमन जिसी
लेखनाथ, २२ कार्तिक । कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा चौथोे डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।
विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देस्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ ।
कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका बिच बिभिन्न विधामा खेलकुद गरिदै आएको र यस वर्ष पनि सोहि कार्यलाई जारी राख्यको विद्यालयका खेलकुद शिक्षक विनोद थापाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने, शैक्षिक विभाग प्रमुख संजिव थापा लगायतले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिनुभएको थियो ।
खेलकुदको पहिलो दिन कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरु विच बिभिन्न विधामा खेलकुद शुरु गरिएको छ । बेलुन फुटाउने, चम्चा दौड, खुल्ला दौड तथा कक्षा ४ र ५ छात्रा बिच खुला दौड सम्पन्न भएको छ भने छात्र विच भएको फुटबल प्रतियोगितामा कक्षा ५ बि ले कक्षा ४ ए लाई ० का बिरुद्ध ६ गोल गर्दाै प्रथम हुन सफल भएको विद्यालयका संयोजक दिनेश शर्माले जानकारी दिनुभएको छ ।
खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबलटेनिस लगायतका खेल खेलाईर्ने विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिनुभएको छ । खेलकुद प्रतियोगिता यहि कार्तिक २६ गतेसम्म संचालन हुने बताईएको छ ।
Discussion about this post