कार्तिक ११, लेखनाथ । नौविसे दुग्ध उत्पादक सहकारी संस्था लि. पोखरा–२९ नौविसेको सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न भएको छ । संस्थाले दुग्ध प्रशोधन उप–आयोजना सञ्चालनका विषयमा शेयर सदस्यहरुविच पारदर्शिताका लागी कार्यक्रम आयोजना गरेको अध्यक्ष बाबुराम ढकालले वताए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २९ का अध्यक्ष चेत बहादुर गुरुङ्गले सहकारीहरुले उत्पादनमुखी कार्यक्रममा जोड दिनुपर्ने र यस सहकारीले गर्दै आएका कार्यहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासामाथी ईञ्जिनियर रोशन तिवारी, वडा प्रतिनिधि सोमलाल कँडेल, भागीरथी कार्कि, पशु चिकित्सक ठगेन्द्रप्रसाद आचार्य लगायतले प्रष्ट पारेका थिए ।
संस्थाका अध्यक्ष बाबुराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष एवं सल्लाहकार प्रमोद कुमार पौडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चाल सचिव सञ्जय बाबु भटृराईले गरेका थिए ।
उक्त आयोजना सञ्चालनका लागी नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना (NLSIP) विकेन्द्रीत आयोजना सहयोग ईकाई (DLSU) ले कुल लागतको पचास प्रतिशत अनुदान उपलब्ध गराउनेछ भने सहकारीले प्रचास प्रतिशत लगानी गर्नुपर्नेछ ।
किसानहरुबाट दुध संकलन गरी विक्रिवितरण गर्दै आएको सहकारीले आयोजना सञ्चालनपछि दुध संकलन, प्रशोधन एवं प्रधोधित वस्तुहरुको विक्रि वितरण पनि गर्नेछ । कुल १ करोड ५२ लाख लागत अनुमान गरिएको उक्त आयोजनाका लागी ७६ लाख अनुदान प्राप्त हुने र अन्य दायीत्व सहकारीले व्यहोर्ने अध्यक्ष ढकालले वताए ।
२०७९ असार मसान्तसम्म सम्पन्न हुने भनिएको उक्त उप–आयोजनाबाट १६८ परिवार लाभान्वीत हुने अपेक्षा गरिएको छ ।
Discussion about this post