असोज २५, लेखनाथ । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज एकाइ कमिटीले विजयादशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी मेडिकल कलेजका प्रा. डा. प्रकाश बराल ले चाडपर्वलाई संस्कृतिका रुपमा मनाउनुपर्ने र संस्थालाइ सदैव उच्च राख्न हामी सबैको महत्त्वपूर्ण योगदान रहेको बताएका थिए ।
कार्यक्रम संयोजक किशान परियार को संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष शोकमणी सुबेदी र जिफास्ट को तर्फबाट डा शंकर पौडेल लगायतले कर्मचारीहरु विच भावनात्मक एकता हुनुपर्नेमा जोड दिदै यस खालका कार्यक्रमहरुले अझै एकता मजबुद बनाउने विचार व्यक्त गरेका थिए ।
नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज एकाइका अध्यक्ष दिपक कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम प्रोफेसर डा. प्रकाश बरालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सस्थाका सचिब राजन पोख्रेलल गरेका थिए ।
एकै साथ लेखनाथ स्थित कलेज र पोखरा स्थित अस्पताल परिसर मा आयोजना गरिएको कार्यक्रममा कार्यक्रममा गण्डकी मेडिकल कलेजका चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीको उल्लेख्य उपस्थिति रहेको थियो ।
Discussion about this post