पोखरा २५, असोज – सोमवार दिउँसो एकाएक घान्द्रुक जिप दुर्घटना को दुखद खवर आयो । कास्कीबाट प्र उ रमेश थापाको कमाण्डमा प्रहरी को एक टोली घटना स्थल तर्फ हिड्यो ।
बिस्तृत बिवरणा यस्तो छ :
मृतक यात्रु सबै काठमान्डौं बाट पोखरा घुम्न आएका थिए ।
घान्द्रुक दुर्घटनामा ज्यान गुमाउने चालक ४२ बर्षका र अरु सबै २५ मुनीका युवा छन् ।
कास्की( सवारी दुर्घटना- मिति २०७८।०६।२५ गते अं.१३:३० बजेको समयमा जि.कास्की अन्नपुर्ण गा.पा.१० हुदु स्थितमा नयाँपुलबाट घान्द्रुक तर्फ जादै गरेको ग १ ज ६९०० नं. को बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अं.२०० मिटर तल सडकमा खस्न जादा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते तथा मृत्यु भएको भन्ने खबर प्राप्त् पश्चात उक्त स्थानमा, उक्त स्थान व.प्र.का.बगरबाट अं.३२ कि.मि. उत्तर पश्चिम पर्ने ।
निम्न:-
घटनास्थलमा मृत्यु भएकोहरु:-
१.जिप चालक जि.कास्की अन्नपुर्ण गा.पा.५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री ।
२.जिपमा सवार जि.काठमाण्डौ का.म.न.पा.३ गंगबु घर भई पोखरा घुम्न आएको वर्ष १८ को जिनलव घिसिङ ।
३.ऐ.बस्ने वर्ष २४ की सुजा चौधरी ।
४.ऐ. बस्ने वर्ष २० की लिजा चौधरी ।
५.ऐ. बस्ने वर्ष २० को सुमन चौधरी ।
६.ऐ. बस्ने वर्ष २२ को अछुतम काफ्ले ।
७.ऐ.बस्ने वर्ष १८ को आशिष आले ।
८.जि.गोरखा घर भई हाल जि.काठमाण्डौ काठमाण्डौ म.न.पा.३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री ।
सकुशल उद्धार गरिएको:-
१.जि.काठमाण्डौ काठमाण्डौ म.न.पा.३ गंगबु बस्ने वर्ष २० की देबिका घिसिङ बाँया हात र नाकमा सामान्य चोट उपचार गर्न अस्पताल जान नपर्ने अवस्था सामान्य (भिरमा अड्किएको अवस्थाबाट निजलाई प्रहरी र स्थानियले सकुशल उद्धार गरिएको)।
नोट:-ऐ.१५:३५ बजे सम्पुर्ण शव पो.मा.को लागी पश्चिम क्षेत्रीय अस्पताल तर्फ पठाएको ।
Discussion about this post