रामशरण नेपाली
असोज २५, लेखनाथ ।
लेखनाथ वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हरि बहादुर जिसी चयन भएका छन । सहकारीको सोमबार सम्पन्न १३औं साधारण सभा तथा छैटौं अधिवेशनले जिसीलाई सर्वम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा विश्वप्रकाश बराल सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा शिव प्रसाद भण्डारी सदस्यहरुमा प्रकाश लाल श्रेष्ठ, राम बहादुर गुरुङ, विकास सापकोटा, विष्णु कुमारी लामिछाने, सम्झना लामिछाने, राममाया परियार र रुपाकला श्रेष्ठ रहेका छन ।
यस्तै भुवनराज लामिछाने संयोजक रहने गरी सदस्य रामचन्द्र दहाल र खिमनाथ शर्मा सहितको लेखा समिति गठन गरिएको छ भने निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सोमबार नै निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नारायण प्रसाद बरालले सहकारीहरुले उत्पादनमा जोड दिन नसके सदस्यहरुको आर्थिक स्तर उकास्न नसकीने बनाउदै उत्पादनमुखी कार्यक्रममा लाग्न सुझाव दिएका थिए ।
उनले आफ्ना सदस्यहरुलाई कर्जाको ब्याजदरमा सहुलियत प्रदान गर्न र सहकारी नियम र त्यसको कार्यन्वयनमा एकरुपता ल्याउन पनि आग्रह गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष छबिलाल लामिछाने, महिला उपाध्यक्ष अम्बिका आचार्य, अघौं कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतले समयअनुसार प्रविधिको प्रयोग गर्दै गुणात्मक सेवा दिनुपर्नेमा जोड दिएका थिए ।
उक्त अवसरमा सहकारीका ज्येष्ठ सदस्यहरु मधव प्रसाद अधिकारी र मंगली लामिछाने, बाल वचत तर्फ सन्दिप पौडेल र असल कारोबारीको रुपमा टेकमाया भण्डारीलाई सम्मान गरीएको थियो ।
संस्थाका अध्यक्ष खडानन्द लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष हरि ब. जिसीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव लेखनाथ सापकोटाले गरेका थिए ।
Discussion about this post