लेखनाथ,२४ माघ । ‘दिगो विकासका लागी खेल पर्यटन’ भन्ने नाराका साथ बाल तथा समाज कल्याण क्लव पोखरा–३० द्धारा अयोजित तारा स्मृति खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि एडि युनाईटेड क्लवले हात पारेको छ ।
शनिबार भएको फाईनल खेलमा आयोजक बाल तथा समाज कल्याण क्लवलाई पराजित गर्दै एडि युनाईटेडले उपाधि पक्का गरेको हो ।
उपाधिसँगै एडि युनाईटेडले नगद ५० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने आयोजक बाल तथा समाज कल्णण क्लव उप–विजेतामा सिमित हुँदै नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा चेतनशिल आर्दश युवा क्लवमा सचिन गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरेका छन भने उत्कृष्ट खेलाडीको उपाधि बाल तथा समाज कल्याण क्लवका अमृत गुरुङ र उत्कृष्ट गोलरक्षकको उपाधि एडि युनाईटेडका रोशन क्षेत्रीले हात पारेका छन ।
Discussion about this post