• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

स्थापना दिवसमा प्रतिक्षालय निर्माण

Lekhnath Khabar by Lekhnath Khabar
February 9, 2021
in समाचार, स्थानीय
0
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली, लेखनाथ,२७ माघ । लेखनाथ वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२६ ले आफ्नो स्थापना दिवसको अवसरमा प्रतिक्षालय निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको छ । सहकारीले १३ औं स्थापना दिवस एवं १२ औं वार्षिकोत्सवको अवसर पारेर पोखरा–२६ अर्घौंमा निर्माण गरिएको प्रतिक्षालय हस्तान्तरण गरेको हो ।

सहकारीले आफ्नै लगानीमा सामाजीक दायित्व अन्र्तगत पोखरा महानगरपालिका वडा नं. २६ को कार्यालय नजिकै करिव ६० हजारको लागतमा चौतारोमा ट्रस निर्माण गरी छाना हालेर वस्ने बेञ्चहरुसहितको प्रतिक्षालय निर्माण गरेको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नारायणप्रसाद बरालले सहकारीहरुले सामाजीक क्षेत्रमा पनि विभिन्न कार्यहरु गर्दछन भन्ने यो उदाहरण भएको बताउँदै अव उत्पादनमुलक क्षेत्रहरुमा पनि सहकारीले लगानी गर्नुपर्ने वताएका थिए ।

वडाध्यक्ष बरालले एउटै प्रकृति भएका सहकारीहरु एक आपसमा एकिकरण हुँदा लगानीका अवसरहरु पनि वढेर जाने र सहकारीका सदस्यहरु पनि लाभान्वीत हुने वताएका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष छवि लामिछानेले अव सहकारीहरुले आयतलाई विस्थापित हुने खालका योजना ल्याउनु पर्ने सुझाव राखेका थिए भने संस्थापक अध्यक्ष नारायणदत्त वस्ताकोटी, नयन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराम सापकोटा, क्लवहरुको तर्फबाट राईजिङ स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङ लगायतले सहकारीले आय आर्जनका लागि लगानीको क्षेत्रलाई अगाडी वढाउनु पर्ने सुझाव राखेका थिए ।

उक्त अवसरमा असल सहकारी अभ्यास अन्र्तगत ईन्द्र कुमारी गुरुङ, रमेश जिसी र कमला खड्का लाई सम्मान गरिएको थियो भने डिल कुमारी भुजेल र चन्द्रगोपाल श्रेष्ठलाई संस्थाको ज्येष्ठ नागरीकको रुपमा सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष खडानन्द लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष हरि बहादुर जिसीले स्वागत गरेका थिए भने कार्यक्रम संयोजक शिव प्रसाद भण्डारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश र सचिव लेखनाथ सापकोटाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Previous Post

लेखनाथको तालचोकमा आर टु एम एजुकेसन

Next Post

तारा एण्ड दिपक स्मृति सेभेन ए साईड फुटबलको उपाधि एडि युनाईटेडलाई

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
तारा एण्ड दिपक स्मृति सेभेन ए साईड फुटबलको उपाधि एडि युनाईटेडलाई

तारा एण्ड दिपक स्मृति सेभेन ए साईड फुटबलको उपाधि एडि युनाईटेडलाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?