माघ २५, पोखरा – वैदेशिक अध्ययन परामर्शको लागि पोखरा २७ तालचोकमा आर टु एम एजुकेसन स्पेसलिस्ट्स सञ्चालनमा आएको छ । आईतबार ईक्यान नेपालका अध्यक्ष प्रकाश पाण्डेले एक कार्यक्रमका विच उद्घघाटन गरेका हुन ।
कार्यक्रमको उद्घाटन गर्दै पाण्डेले भर्खरै सञ्चालनमा आएकोमा शुभेच्छा र शुभकामना व्यक्त गर्दै यो पेशामा विद्यार्थीहरुको भविषय र अभिभावकको लगानी समेत जोडिएकोले अत्यन्तै संवेदनशिल भएको र सहि सुचना एवं जानकारीलाई सदैव ख्याल गर्नुपर्ने वताएका थिए ।
यस्तै लेखनाथ उद्योग वाणिज्य संघका द्धित्तिय उपाध्यक्ष राजेन्द्र ओझाले विदेश पढ्न जानेहरुका लागी परामर्श लिन उव्. विभिन्न भाषका कक्षाहरुका लागी पोखरा धाउनपर्ने बाध्यताको अन्त्य भएको वताउँदै गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए ।
बिगत ४ वर्ष देखि पोखराको सिद्धार्थ चोकमा विद्यार्थी हरुलाई वैदेशिक शिक्षाको परामर्श, अंग्रेजी भाषा आईएल्टिस तथा पिटिइ संचालन गर्दै आएको आर टु एमले लेखनाथ क्षेत्र भित्र रहेका विद्यार्थी हरुलाई आफ्नै घर छेउ नजिकै बाट सेवा दिने उदेश्यले स्थानान्तरण गरिएको निर्देशक देवानले जानकारी दिए ।
नेपाल सरकार शिक्षा मन्त्रालय बाट मान्यता प्राप्त आर टु एम एजुकेसन तालचोक बाट टिआई टिआई, पाईर सर्टिफाईड तथा अनुभवी काउन्सलर द्वारा वैदेशिक शिक्षा परामर्शको सम्पुर्ण सेवा, अस्ट्रेलिया, युके, अमेरिका तथा न्युजिल्यान्डका धेरै जसो कलेज तथा विश्वविद्यालय संग समन्वय गरेर विद्यार्थी लाई छिटो छरितो सेवा, एसि युक्त कोठामा प्रोजेक्टर सहित आईएल्टिस तथा पिटिइका कक्षा लगायतका सेवा हरु संचालन हुनेछन् ।
बिगतका दिन हरुमा विद्यार्थी हरु वैदेशिक अध्ययन परामर्शका लागि काठमाडौं चितवन तथा पोखरा बजार सम्म पुग्नुपर्ने बाध्यतालाई सहज र छरितो बनाउने बिश्वास लिएको निर्देशक देवानले बताएका छन् ।
Discussion about this post