• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

‘व्यवस्थापनमा अन्तर्राष्ट्रियस्तरको शिक्षा’

Lekhnath Khabar by Lekhnath Khabar
February 9, 2021
in समाचार
0
0
SHARES
104
VIEWS
Share on FacebookShare on Twitter

त्रिवेणी इन्टरनेशनल कलेजले कास्कीको लेखनाथमै व्यवस्थापन विषयमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सफल भएको छ । गुणस्तरीय शिक्षाका लागि पोखरा, काठमाडौं अथवा विदेशसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्दै लेखनाथमै कलेज सञ्चालनमा आएको हो । स्थानीय प्रतिष्ठित उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको प्रयासमा २०६७ मा खुलेको कलेजमा विद्यार्थीहरुको आकर्षण छ । कलेज सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित सञ्चालनमा छ ।

कलेज स्थापना गर्नुको उद्देश्य के हो ?
२०६७ सालमा स्थापना भएको त्रिवेणी इन्टरनेशनल कलेज स्थापनाको ११ औं वर्षमा चलिरहेको छ । त्रिवेणी इन्टरनेशनल कलेज म्यानेजमेन्ट कलेज हो । विशेषगरी लेखनाथ क्षेत्रका विद्यार्थीको शैक्षिक गन्तव्यका रुपमा कलेज स्थापित भएको छ । विभिन्न क्षेत्रमा आवद्ध शिक्षाप्रेमी व्यक्तिको संलग्नतामा कलेज स्थापना भएको हो । व्यवस्थापन विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि कलेज उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै आएको छ । विद्यार्थीको शैक्षिक आवश्यकता पुरा गर्ने उद्देश्यले कलेज स्थापना भएको हो । त्रिवेणी इन्टरनेशनल कलेजलाई फरक खालको शैक्षिक संस्थाको रुपमा विकास गर्ने अभिप्रायका साथ स्थापना गरेर संचालन गरिरहेका छौं । परम्परागत भन्दा नविनतम शैक्षिक विधि तथा प्रविधिको प्रयोग गरी शिक्षण गरिरहेका छौं । सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षामा जोड दिन्छौं । शिक्षालाई समाज र बजारसँग जोड्ने अभिप्रायका साथ व्यवहारिक ज्ञान प्रदान गर्ने हाम्रो उद्देश्य हो । क्युएएको प्रक्रियामा पनि अगाडि बढिरहेका छौं । निकट भविष्यमा नै क्वालिफाइड भएर थप पहिचान थप्नेछौं र ब्राण्डेड कलेजको रुपमा स्थापित हुनेछौं ।

 

कलेजमा अध्ययन अध्यापनसँगै अन्य के कस्ता गतिविधि संचालन हुन्छन् ?
अध्ययन अध्यापनसँगै विद्यार्थीका लागि आवश्यक अन्य गतिविधि पनि संचालन हुन्छन् । विभिन्न तालिम, गोष्ठी, सेमिनार तथा अन्तत्र्रिmया हुन्छन् । उद्योग वाणिज्य संघ लगायत विभिन्न व्यावसायिक संघसंस्था तथा उद्योगी व्यवसायीसँग सहकार्य गरेर व्यवसायको अवस्था, सामाजिक अवस्था कस्तो छ रु यस क्षेत्रका सम्भावना के कस्ता छन् रु भन्नेबारे अन्तक्र्रिया तथा छलफल हुन्छन् । विभिन्न क्षेत्रका विज्ञहरु ल्याएर कक्षा लिन लगाउँछौं साथै छलफल पनि चलाउँछौं । स्थानीय क्षेत्रका उद्योगी तथा व्यवसायीसँग पनि विभिन्न कार्यक्रम संचालन गर्छौं । समाजमा पनि केही योगदान पुर्‍याउनुपर्छ भन्ने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वका काममा पनि विद्यार्थीलाई प्रेरित गर्छौं ।

 

शैक्षिक अवस्थाको कुरा गरिरहदा कलेजको रिजल्टको अवस्था कस्तो छ रु विद्यार्थी संख्या कस्तो छ र ?
कलेजको रिजल्टको अवस्था राम्रो छ । विद्यार्थी तथा शिक्षकको मेहनत तथा लगनशीलताको प्रतिफल हो यो । विविएसमा पोखरा क्षेत्रमा नै अगाडि छौं । यससँगै एमबिएसको रिजल्ट पनि राम्रो छ । विविएस र एमविएसका कोर्ष कलेजमा पढाई हुन्छन् । विविएसमा ४ सय भन्दा धेरै विद्यार्थी छन् भने एमविएसमा २ सेमेष्ट मात्र पुगेको छ र ६५ जना विद्यार्थी अध्ययनरत हुनुहुन्छ ।

 

कलेजले उत्पादन गरेका विद्यार्थीको अवस्था कस्तो छ र ?
११ वर्षदेखि कलेज संचालन भइरहदा कलेजले उत्पादन गरेका विद्यार्थीको सहभागिता हरेक क्षेत्रमा राम्रो छ । विभिन्न बैंक तथा वित्तीय संस्था, व्यावसायिक घराना, तथा निजी क्षेत्रमा काम गरिरहेको मैले पाएको छु । देश तथा विदेशमा स्थापित भएको पाएका छौं । कुनैपनि विद्यार्थी बेरोजगार बस्नुपरेको छैन । पर्फमेन्स पनि राम्रो देखाइरहनुभएको छ । यसले पनि हामीलाई उत्साह थपेको छ ।

 

कुन क्षेत्रका विद्यार्थी अध्ययनका लागि बढी आउँछन् र ?
विशेषगरी कास्कीको पूर्वी क्षेत्रका साथै तनहुँ, लमजुङका विद्यार्थी कलेजमा आउनुहुन्छ । यस सँगै पर्वत, बागलुङ, स्याङजा लगायतका जिल्लाबाट पनि आउनुहुन्छ । यस क्षेत्रमा कलेज स्थापित नाम भइसकेको छ । आसपासका क्षेत्रका विद्यार्थीहरुको पहिलो रोजाईमा कलेज परेको छ ।

 

कलेजमा अन्य के कस्ता सुविधा छन् र ?
प्रशासनिक तथा शैक्षिक प्रयोजनका लागि सुविधा सम्पन्न भौतिक पुर्वाधार छ । ९ रोपनी जग्गामा कलेज सञ्चालनरत छ । दक्ष तथा अनुभवी शिक्षक हुनुहुन्छ । अनलाइन लाइब्रेरीको पनि व्यवस्था छ । पढाईसँगै अतिरिक्त क्रियाकलाप पनि कलेजमा संचालन हुन्छन् । खेलकुदका लागि बास्केटबल कोर्ट, टि टि कोर्ट, भलिबल ग्राउण्ड, सबैको सुविधा छ । विद्यार्थीलाई छात्रवृत्तिको पनि व्यवस्था छ । विपन्न वर्गका तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था छ । नाफामुखी मात्र नभई परिणाममुखी भएर काम गरिरहेका छौं ।

 

विद्यार्थी तथा अभिभावकलाई के भन्न चाहनुहुन्छ र ?
विद्यार्थी तथा अभिभावकलाई कलेजमा आएर सबै कुरा बुझ्न म आग्रह गर्दछु । कलेजमा आएपछि पक्कै पनि तपाईंहरुको रोजाईमा कलेज पर्नेमा हामी ढुक्क छौं । स्वच्छ तथा सुन्दर वातावरणमा रहेको शैक्षिक गन्तव्य हो त्रिवेणी इन्टरनेशनल कलेज ।

 

Previous Post

तारा एण्ड दिपक स्मृति सेभेन ए साईड फुटबलको उपाधि एडि युनाईटेडलाई

Next Post

पोखरा म्याराथन सफल बनाउन पर्यटन व्यवसायी उत्साहित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
पोखरा म्याराथन सफल बनाउन पर्यटन व्यवसायी उत्साहित

पोखरा म्याराथन सफल बनाउन पर्यटन व्यवसायी उत्साहित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?