काठमाडौं । सार्क क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी सेप्टेम्बरमा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को सोमबार बसेको भर्चुअल बैठकले साफ च्याम्पियनसिपको मिति टुंगो लगाएको हो ।
अध्यक्ष काजी सलाउद्दिनको अध्यक्षतामा भएको भर्च्युअल बैठकले साफ च्याम्पियनसिप सन् २०२१ सेप्टेम्बर १४÷२५ मा बंगलादेशमा आयोजना गर्ने निर्णय गरेको हो । यसअघि च्याम्पियनसिप २०२० सेप्टेम्बरमा सञ्चालन गर्ने तय गरिएको थियो, जसलाई महामारीको कारण गत जुनमा भएको बैठकले स्थगित गरेको थियो ।
बैठकले उमेर समूहका प्रतियोगिताहरूको मिति पनि तय गरेको छ । अर्को वर्ष सन् (२०२१) साफ यू १६ महिला च्याम्पियनसिप अगस्ट १८–२७ र साफ यू १९ महिला च्याम्पियनसिप जुलाई १३—२२ मा गर्ने निर्णय गर्यो ।
पुरुषतर्फको साफ यू १५ च्याम्पियनसिप अक्टोबर १(१० तथा साफ यू १८ च्याम्पियनसिप अक्टोबर १५(२४ मा आयोजना गर्ने जनाएको छ । साफ च्याम्पियनसिपबाहेक अरु प्रतियोगिताको आयोजना स्थल भने तोकिएको छैन । उमेर समूहका प्रतियोगिताको आयोजना मितिलाई एएफसी च्याम्पियनसिपको छनोटले प्रभावित पार्नसक्ने पनि बताइएको छ ।
Discussion about this post