• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

खानेपानीको योजना कितावमै सिमित

Lekhnath Khabar by Lekhnath Khabar
December 29, 2020
in समाचार, समाज
0
0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/ दुलेगौडा ।  चालु आर्थिक बर्षमा जिल्लाका शुक्लागण्डकी नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न भन्दै ३० योजनाहरु सुचिकृत भएका छन् । नगरपालिकाद्धारा प्रकाशित गरिएको योजना पुस्तिकामा यतिका संख्यामा खानेपानीको योजनाहरु भएता पनि कार्यन्वयमा भन्ने जम्मा नौ योजना मात्र रहेका छन् ।

आर्थिक बर्षको आधा समय वितिसक्दा करोडौँ बजेट छुट्टिएता पनि योजनाको प्रभावकारि कार्यान्वयनमा भने सम्वन्धित पक्षले चासो दिएको पाइदैन । नगरले यस आर्थिक बर्षमा खानेपानीका लागि २ करोड रुपौया बजेट विनियोजन गरेको छ ।

हाल नगरभित्र वडा नं. २, ५, ६ र १२ मा केही खानेपानीका योजनाहरु कार्यन्वनमा रहेको योजना शाखा अधिकृत पुष्पराज गिरीले जानकारी दिए । गिरीका अनुसार नगरको वडा नं.२ मा स्थानथोक सोलार लिफ्टीङ्ग खानेपानी योजना र भुजिकोट सोलार लिफ्टीङ्ग खानेपानी योजना, वडा नं. ५ मा थर्पुटार खानेपानी योजना, झाक्रीथान नयागाउँ खानेपानी योजना, वडा नं. १२ मा खानेपानी योजना र वडा न. ६ मा खानेपानीका टुक्रे योजना अन्र्तगतका ३ वटा योजना कार्यन्वयनमा रहेको छन् ।

नगरको वडा नं. १० मा खानेपानीका लागि १० वटा योजनाहरु नगरसभाले पारित गरेता पनि अझपनि कुनै पनि कार्यन्वयनमा आएका छैन । वडामा ६ वटा योजना पाइप रहेको र बाँकी टंकी निर्माण जस्ता कामहरु रहेको वडा नं. १२ का वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए ।

वडाको प्राविधिकलाई कोरोना संक्रमण देखिएको कारणले योजनाहरुलाई अगाडि बढाउन नसकेको वडाध्यक्ष भण्डारीले बताएका छन् । “नगरले अहिले वडाको खानेपानीका लागि प्राविधिक खटाएको छ, र केही योजनाहरु सम्झैता भएका हुदाँ चाडै नै कार्यन्वयनमा लागु हुने छन् ।” वडाध्यक्ष बताए ।

बर्खाको समयमा गाउँमा खानेपानीको अभाव नभए पनि हिउँदमा मुहान सुक्ने समस्याका कारण धेरै समस्या भोग्नुपरेको रजस्थल टोल विकास संस्थाका अध्यक्ष राम बहादुर रानाले जानकारी दिए ।

रानाले नगर र वडाको बजेटमा केही काम भएता पानिका लागि कुवा वा पधेरामा जानुपर्ने समस्या नहटेको गुनासो गरे । हाल वडाले पानीको लागि केही पहल गरेको हुदाँ स्थानियहरु खुसी रहेको बताए ।

वडाभित्र रहेका टोलमा बिशेष गरेर मुहानको समस्याका कारणले पानीको समस्या रहेको वडा नं. ११ का वडाध्यक्ष दलबहादुर थापाले जानकारी दिए । यस बर्ष नगरको करिब २८ लाख रुपैयाँ बजेट विनियोजन भएकोले गर्दा सोलार लिफ्टिङ्ग गरेर पानिको व्यवस्थापन गर्ने योजना रहेको बताए । अबको केही समय भित्र नै उक्त योजनाहरु सम्झैता गरेर कार्यन्वयन गर्ने बताए ।

Previous Post

साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने

Next Post

फिरफिरेमा सामुहिक ल्होसार मनाइदै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Next Post
फिरफिरेमा सामुहिक ल्होसार मनाइदै

फिरफिरेमा सामुहिक ल्होसार मनाइदै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?