तनहुँ । गुरुङ्ग समुदायको बाहुल्यता रहेको तनहुँको फिरफिरेमा भोलि विशेष कार्यक्रम सहित तमु ल्होसार पर्व मनाइने भएको छ । गुरुङ्ग समुदायमा प्रचलित रहेको सस्कृतिको आदान प्रदान गर्ने उदेश्यले सामुहिक रुपमा भेला भएर यो पर्व मनाउन लागिएको वडाध्यक्ष मनराज गुरुङ्गले जानकारी दिए ।
गुरुङ्गले फिरफिरेमा रहेका गुरुङ्ग समुदायलाई आठ समुहमा विभाजन गरि समुह अनुसार फरक खाना र सास्कृतिक प्रस्तुती समावेश गर्ने तयारी रहेको बताए ।
सामुहिक रुपमा आयोजना गरिएको तमु ल्होसारको अवसरमा आठ समुहले तयार पारेको मौलिक खानाका रोटी, बटुक, विरौला लगायतका परिकारहरुको स्वाद लिन सकिने छ भने लोपन्मुख सस्कृतिहरु सोरठी, घाँटु, सालैजो, ठाडो भाका, कौरा लगायत प्रस्तुत हुने छ ।
ल्होसारको अवसरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले गुरुङ्ग समुदायमा रहेको मौलिक संस्कृतिको जगेर्नाका साथै पुस्तान्तरणका लागि पनि टेवा पुग्ने वडाध्यक्ष गुरुङ्गले विस्वास ब्यक्त गर्नुभयो ।
Discussion about this post