हरि खरेल/ दमौली । घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा महिलाको नाममा उद्योग दर्ता गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको छ । चालु आर्थिक बर्षको मंसिर मसान्तर भित्र ८ सय ५८ वटा उद्योगहरु दर्ता भएका छन् । जसमध्य ५ सय २३ वटा उद्योगहरु महिलाको नाममा दर्ता भएको घरेलु तथा साना उद्योग तनहुँका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।
महिलाको नाममा उद्योगहरु दर्ता गर्दा पुरुषको तुलनामा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ । साथै महिलाहरु आफै पनि सक्षम रहने हुदाँ महिलाको नाममा उद्योग दर्ता गर्नेहरु बढी रहेको उनले जानकारी दिए । घरेलुमा दर्ता भएका उद्योगहरुमा ७० प्रतिशत पशु तथा कृषि फर्महरु दर्ता भएको ढकालले जानकारी दिएका छन्।
“चालु आर्थिक बर्ष यता दशै अघि सम्म अत्यन्त न्यून मात्रामा उद्योगहरु दर्ता भएको थियो ।” ढकालले भने,“ दशै पछि उद्योग तथा फर्म दर्ता गर्नेको संख्या वृद्धि भयो । अहिले दैनिक उद्योग दर्ता गर्न आउनेहरुको संख्या बढी रहेको हुदाँ पछि आउनेहरुले पालो पाउन समेत गाह्रो रहेको अवस्था छ ।” घलेलुमा दर्ता गर्न आउने अशक्त, र्दिघ रोगिहरु एव्म दुर्गम क्षेत्रका मानिसहरुलाई प्राथमिकतामा राखेर काम गदै आएको ढकालले जानकारी दिए ।
गत बर्ष तनहुुँमा १ हजार २ सय ७१ वटा उद्योगहरु दर्ता भएका थिए । यस बर्ष भने करिब ५ महिनाको समय अवधिमा सबैभन्दा बढी मात्रामा उद्योगहरु दर्ता भएको बताएका छन् । “अहिले कृषि क्षेत्रमा सरकारी अनुदानहरु आउने हुदाँ फार्महरु दर्ता गर्ने संख्या बढी रहेको हो ।”घरेलु तथा साना उद्योग तनहुँका प्रमुख ढकालले जानकारी दिए ।
Discussion about this post