• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

तनहुँको दुलेगौडा र स्याङ्जा जोड्न सडक र पुलको शिलान्यास

Lekhnath Khabar by Lekhnath Khabar
December 28, 2020
in समाचार
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

पौष १३ दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका र स्याङजाको हरिनाश गाउँपालिका जोड्ने सडक तथा क्याङ्दी खोला मोटरेबल पुलको आइतवार शिलान्यास गरिएको छ ।

शुक्लागण्डकी–१० र ११ स्थित जुडीबुफाटमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलान्यास गरेका हुन् । उनले सडक र पुलको गुणस्तरलाई ख्याल गर्दै समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले हरिनाशका ग्रामिण सडकलाई आगामी वर्षमा क्रमिक रुपमा बजेट विनियोजन गरी कालोपत्रे गर्दै जाने प्रतिवद्धता जनाए ।

गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले सडक र पुल निर्माण भएसँगै हरिनाशका सर्वसाधारणलाई दुलेगौंडा र पोखरा आवतजावत सहज हुने उल्लेख गरे । उनले गाउँवासीले गाउँमा उत्पादन भएका बस्तुले सहज रुपमा अब बजार पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेश विधायन समिति संयोजक मोहन रेग्मी, तनहुँ क्षेत्र नं. २ क की प्रदेश सभा सदस्य आशा कोइराला, स्याङजा क्षेत्र नं. १ ख का प्रदेश सभा सदस्य मिन गुरुङ, गाउँपालिका उपाध्यक्ष झन माया पराजुली, नेकपा शुक्लागण्डकी नगर कमिटी सचिव परशुराम भण्डारी, हरिनाश गाउँपालिका वडा नं. २ का अध्यक्ष परशुराम सिग्देल, शुक्लागण्डकी नगरपालिका वडा नं. ११ का अध्यक्ष दल बहादुर थापा लगायतले बोलेका थिए ।

शुक्लागण्डकी दुलेगौंडा–ढोरबाराही मार्ग जुडिफाँट चिसापानी हुदै हरिनाश गाउँपालिका केन्द्रसम्म कालोपत्रे र मोटरेबल पुल निर्माणका लागि गोल्डेन गुड बानीया जेभी हेटौंडाले मुल्य अभिवृद्धि करसहित ३२ करोड ६५ लाख ४७ हजार १ सय ४९ रुपैयामा सम्झौता गरेको हो ।

कुल १६ किलोमिटर कालोपत्रे सडक र ४० मिटरको पक्की पुल २ वर्षभित्र सक्नुपर्ने गरी सम्झौता भएको पूर्वाधार विकास कार्यालय स्याङजाका प्रमुख लक्ष्मी प्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार साढे ५ मिटर कालोपत्रे, सोल्जर ०.७५ मिट र १ मिटर नाली गरी कुल ८ मिटर सडक चौडाई हुने छ । हरिनाश गाउँपालिकाको आयोजना र शुक्लागण्डकी नगरपालिकाको सह–आयोजनामा सो कार्यक्रम भएको हो ।

Previous Post

क्रियाशिल पत्रकार महिला तनहुँको अध्यक्षमा विमला चयन

Next Post

साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई
समाचार

त्रिवेणी पब्लिक माविमा नृत्य प्रतियोगित, बिद्यार्थी सम्मान र वधाई

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस
समाचार

तृतिय बाहिनी प्रथम गोर्खा राईफलको ६६ औं स्थापना दिवस

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Next Post
साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने

साफ च्याम्पियनसिप सेप्टेम्बरमा बंगलादेशमा हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?