अस्मिता सुनार/दमौली । क्रियाशिल पत्रकार महिला तनहुँको आठौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । आइतबार दमौलीमा सम्पन्न भएको अधिवेशन मार्फत विमला कंडेल अध्यक्षमा सर्वसम्मत चयन हुन सफल भएकी छन् ।
उपाध्यक्षमा सिर्जना राना मगर, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला वाग्ले सहसचिवमा करिस्मा गुरुङ्ग चयन भएका छन् । यस्तंै सदस्यहरुमा अस्मिता सुनार, अन्जु दाहाल, प्रकृति खनाल, रञ्जु सिग्देल, अप्सरा श्रेष्ठ, र मुना कालिराज रहेको सचिव दरैले जानकारी दिइन् ।
दमौली स्थित जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न भएको साधारण सभा तथा अधिवेशनलाई सम्वोधन गर्दै ब्यास नगरपालिकाकी उपमेयर मिरा जोशीले परिवर्तनका लािग महिलाहरु नेतृत्वमा आउनुपर्ने बताइन् । जोशीले पत्रकार महिलाहरुको क्षमता अभिवृद्धीका लागि ब्यास नगरपालिकाका सकरात्मक रहेको बताइन्।
अधिवेशनको अवसरमा क्रियाशिल पत्रकार महिला तनहुँले जिल्लाका करिव ४५ महिला पत्रकारहरुको लेखन क्षमता अभिवृद्धी गर्नका लागि तालिम समेत सञ्चालन गरेको थियो ।
Discussion about this post