भिमाद । नेकपाका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले सरकारलाई संसद विघटन गर्न बाध्य पारिएकोको बताएका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र भिमाद ३ मा पुल उद्घाटन गर्न आएका मन्त्री गुरुङ्गले सरकारलाई काम गर्न नदिएर घेरा बन्दिमा पारिदाँको परिणाम मुलुकले ब्यहोरेको बताए ।
उनले विघटित संसद पुर्नस्थापना नहुने समेत जिकिर समेत गरेका छन् । स्थायी सरकार निर्माणको लागि म्यान्डेट पाएपनि सरकारलाई पुरा समय काम गर्ने वातावरण सिर्जना नभएको मन्त्री गुरुङ्ग बताए । लोकतान्त्रिक मार्गमा बन्ने पुलको उद्घाटन गर्दे उनले संसद पुर्नस्थापना भए लोकतन्त्रको मर्ममा प्रहार हुने बताए ।
संसद विघटन सँगै दुई कित्तामा विभाजित भएको नेकपामा ओली समुहको पक्षमा बोल्दै आएको गुरुङ्गले भागबण्डाको लागि प्रधानमन्त्री ओली विरुद्ध अविस्वासको प्रस्ताव पेश गर्ने कार्य उचित नभएको बताए ।
Discussion about this post