• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राजनीति

हामी कहाँबाट गरिब भयौ, समयमा नै सोचौं : नेता भण्डारी

Ramsharan Nepali by Ramsharan Nepali
April 13, 2025
in राजनीति, समाचार, स्थानीय
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३० चैत्र । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारीले हामी कहाँबाट गरिव भयौ भन्ने वारेमा समयमा नै सोचेर नसच्याउने हो भने हामी अझै गरिब हुने ठोकुवा गरेका छन् ।

नेपाली काग्रेस कास्की क्षेत्र नं. १ को शनिवार भएको द्रोस्रो क्षेत्रिय सम्मेलनको उद्घाटन गर्दै नेता भण्डारीले नेतृत्वमा वस्ने नेताको अदुरदर्शी कार्य प्रणाली र त्यसको जगमा झाँगिएको भष्ट्रचार नै नेपाललाई कमजोर र नेपालीलाई गरिवीको रेखामुनी लाने मुख्य खेल भएको बताएका हुन् ।

हामी कहाँ छौ भन्ने वारेमा नसोची वदलिएको समाजको मुल्याङकन नगरी पुरातन शैलीमा नै नेताले कार्ययोजना वनाउदा युवाहरु विदेशीने र पाखावारी वाँझो हुने समस्याका वारेमा सोच्न नेतृत्वमा रहेका नेताहरुलाई आग्रह गर्दै नेता भण्डारीले विकासको मोडललाई समय सुहाउँदो वनाउदै लैजानुपर्नेमा जोड दिएका थिए ।

नेपालको विकासका लागि कृषि, पर्यटन र जलस्रोतको विकास गर्दै शिक्षा र स्वास्थ्यका वारेमा जिम्मेवारी सरकार हुने हो भने पाँच वर्षको समयमा नै आम युवाले सोचेको नेपाल वनाउन सकिने तर्फ संकेत गर्दै हाम्रो युवाहरु रोजगारीको लागि विदेशिने होईन उनिहरुलाई संसार घुम्नका लागी विदेश पठाउन सकिन्छ उनको भनाई रहेको थियो ।

देश बनाउने हो वा विगार्ने हो भन्ने जिम्मा कार्यकर्तामा निहीत भएको तर्फ संकेत गर्दै काग्रेस नेता भण्डारीेले केन्द्रिय तहका नेतालाई खवरदारी गर्दै नयाँ र पुरातन सोच भएकाहरुलाई मिलाएर लैजानु नै अहिलेको आवश्यकता हो उनको सुझाव थियो ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य सारदा पौडेलले काग्रेसमा देखिएको गुट र उपगुटको अन्त्य कास्कीबाट भएको सन्देश दिन यो सम्मेलन सफल भएको धारणा राखेकी थिईन भने गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रसँग लोकतन्त्र साट्दा जनतामा सरकार छ वा छैन भन्ने वारेमा कुनै अनुभुती नभएको वताएका थिए ।

त्यस्तै गण्डकी प्रदेशकी सह महामन्त्रि कोपिला रानाभाटले उत्पादनलाई रोजगारीसँग जोड्दै भष्ट्राचारमुक्त समाज निर्माणको आवस्यकता रहेको वताएकी थिईन भने कास्की काग्रेसका सभापति किशोरदक्त वरालले हिजोको काँग्रेसको खोजी नगरी भोलीको काँग्रेस खोज्ने अभियानमा लाग्न सुझाव दिएका थिए ।

सोही अवसरमा पुर्व मन्त्री यज्ञवहादुर थापाले प्रतिष्पर्धाको राजनितीले मात्र देशले सहि दिशा दिने भएकाले वर्तमान गठवन्धने जनतामा उत्साह होईन अझ वढि निरासा उत्पन्न गराएको वताएका थिए भने महासमिति सदस्य देवराज चालिसेले केन्द्रिय तहदेखि कार्यकर्ता तहसम्म काँग्रेस सच्चिनुपर्ने सुझाव राखेका थिए ।

नेपाली काँग्रेस कास्की क्षेत्र न १ का सभापति राजेन्द्रमणि लामिछानेले वार्षिक प्रतिवेदन र भावी योजनाका बारेमा जानकारी गराएको कार्यक्रममा कास्की काग्रेसका निवर्तमान सभापति कृष्ण केसीे, गण्डकी प्रदेश सभासद सरस्वती गुरुङ, नेपाली काँग्रेस कास्की क्षेत्र न २ का सभापति केशरप्रसाद निर्दोशी, मादी गाउपालिकाका अध्यक्ष देविजंग गुरुङ, पोखरा महानगरपालिकाका सभापति सुरेन्द्रमान विजुक्छे, रुपा गाउपालिकाका सभापति विमलबाबु न्यौपाने, मादी गाउपालिकाका सभापति यम कुमार गुरुङ, पोखरा महानगरपालिका वडा नं ३० का सभापति धु्रवराज न्यौपाने लगायतले सरकारले जनतामा परिमाण देखिने गरि काम गर्न नसकेकोतर्फ संकेत गरेका थिए ।

नेपाली काँग्रेस कास्की क्षेत्र न १ ख का सभापति कृष्ण कोईरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन क्षेत्रीय सचिव ओम प्रकाश गुरुङ र सरोज केसीले गरेका थिए ।

Previous Post

नेपाली कांग्रेस कास्की–१ को सम्मेलन : डा. चन्द्र भण्डारीले उद्घाटन गर्ने

Next Post

कृषिको उत्सव आलु महोत्सव

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने
समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ
शिक्षा

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन
शिक्षा

निर्वाचन प्रक्रिया सिकाउन डायमण्ड माध्यमिक विद्यालयमा निर्वाचन

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित
समाचार

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित

Next Post
कृषिको उत्सव आलु महोत्सव

कृषिको उत्सव आलु महोत्सव

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?