लेखनाथ, ०९ माघ । फागुन २१ गते हुने राष्ट्रिय निर्वाचनमा केन्द्रित हुदै राष्ट्रिय स्वतन्त्र पाटी कास्की क्षेत्र नम्वर १ ले श्रीपञ्चमीको दिन पारेर चुनावी अभियान सुरु गरेको छ ।
बाल बालिकाको लागि अक्षयर आरम्भ गर्ने दिन श्रीपञ्चमीलाई मानिने धार्मीक प्रचलनलाई ध्यानमा राख्दै रास्वपाले श्रीपञ्चमी कै दिन पारेर पोखरा २६ को कालिकाचोकबाट चुनावी अभियानलाई सुभारम्भ गरेको हो । कास्की क्षेत्र नं १ भित्र पोखरा महानगरपालिकाका केही वडा,रुपा गाउपालिका र मादी गाउपालिका पर्छ ।
चुनावी शुभारम्भ समारोहमा वोल्दै राष्ट्रिय स्वतन्त्र पाटीको तर्फ बाट कास्की क्षेत्र नं १ बाट उमेदवारी दिएका गणेश पौडेलले देश बिकासका लागि प्रगतीका स्वरहरुलाई उजागर गर्दै जनतामा विश्वासको वातावरण सृजना गर्नु बताए । उनले वालिन शाहा र रवि विचको सम्वन्ध जेन्जी आन्दोलनको रगतले जुराएको हुदा यो यौग योगसम्म रहने विश्वास दिलाए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पाटीको कास्की क्षेत्र नं १ चुनावी कमाण्डर श्रीकृष्ण न्यौपाने र क्षेत्रिय सचिव लक्ष्मण कार्कीले पुराना दलले जनता प्रति अविश्वासको वातावरण सृजना गरेकाले दलका नेता प्रति प्रतिशोधको भावना राख्दै राष्ट्रिय स्वतन्त्र पाटी तर्फ आकर्षित भएको ठोकुपा गरेका थिए ।






Discussion about this post