हरि खरेल/दुलेगौडा । तनहुँमा लागुपदार्थको कारोबार गर्ने ओसार पसार गर्नेहरु बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुपदार्थका घटनाहरु जिल्लामा बढ्न थालेको जनाएको छ । जिल्लामा चालु आर्थिक बर्षको यो अवधिसम्म मात्र १६ वटा घटना प्रहरीको दर्ता भएको प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
स्थानीय व्यक्तिको सुचना तथा गस्ती गर्ने क्रममा प्रहरीले लागुऔषध सम्बन्धी प्रयोग तथा विक्री वितरण गर्नेलाई पक्राउ गर्ने गरेको तिमिल्सेनाले बताए
जिल्लाभित्र विभिन्न ठाउँबाट लागु औषध सेवन तथा विक्रि वितरण गर्नेहरुमा चालु आर्थिक बर्ष यता २८ जना पक्राउ परेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले लागु औषध सम्बन्धी ८ मुद्दाहरुलाई नियन्त्रणमा लिएको सुचना अधिकृत तिमिल्सिनाले बताए । यसै गरि ईलाका प्रहरी कार्यालय आबुँखैरेनिबाट ४, ईलाका प्रहरी कार्यालय बेलचौताराबाट ३ र ईलाका प्रहरी कार्यालय भानुले १ वटा लागु औषधका घटनाहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
आलु औषध सम्बन्धी घटनामा संग्लग्न २८ जनालाई हाल लागु औषध ऐन २०३३ अनुसार आवश्यक कारबाही प्रक्रियामा रहेको बताएका छन् । हालसम्म लागुऔषध सम्बन्धी १६ मुद्दामा पक्राउ पर्नेहरु धेरै प्रयोगकर्ताहरु रहेका छन् । यस्ता घटनामा संलग्नहरुलाई केही समय जेल सजाय र धरौटि रकममा छुट्ने प्राबधान रहेको तिमिल्सिनाले जानकारी दिएका छन् ।
Discussion about this post